२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन

२०७६, १० जेष्ठ शुक्रबार ०३:१९

जेठ १०, अमेरिका | अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । 

सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्दार गरिएको थियो ।


पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

कामीरिता शेर्पाले यसपटक एउटै मौषममा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको बिमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । 

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन (दुर दर्शन ) विज्ञापन निर्माण गरेर अभिलेख कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै