२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन नेपाली महिलाहरुलाई ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधि दिइने

२०७६, १० जेष्ठ शुक्रबार ०३:२३

जेठ १०, अमेरिका | नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक साईबर बैठकले तीन नेपाली महिलाहरुलाई 'नेपाली संस्कृति तथा सद्भावना राजदूत' को मानार्थ उपाधिले सम्मानित गरिने भएको छ । 

बिभिन्न माध्यमबाट नेपाली संस्कृति तथा परम्परागत विश्वासहरुलाई विश्व सामु प्रस्तुत गर्दै आआफ्नो क्षेत्रबाट बिशेष योगदान दिँदै आएका बिदेशमा बस्ने तीन जना नेपाली महिलाहरुलाई नेपालको १२औं गणतन्त्र दिवसको अवसरमा आगामी जेठ १५ गते २०७६ का दिन ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत’ को मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको हो । 

नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको उक्त साईबर बैठकमा दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम), निर्मल अर्याल (फ्रान्स), बसन्त रानाभाट (स्पेन), बिजय थापा (अमेरिका), पुरू जोशी (दक्षिण कोरिया) र जीवन प्रसाई (स्पेन) को उपस्थिति रहेको थियो।

स्मरण रहोस, प्रतिष्ठानका सबै सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन्।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानबाट प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै