२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रेलबाट खसेर १ नेपालीको मृत्यु, नेपालबाट भेट्न गएकी श्रीमतिले समेत भेट्न पाएनन्

१९ जेष्ठ २०७६, आईतवार १५:५९

कमल रावल | जेठ १९, अछाम | भारतको मुम्बईमा रेलबाट खसेर अछामका १ जना युवाको ज्यान गएको छ । अछामको मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ निवासि ३० बर्षिय मोहन परियारको वापिबाट मुम्बई जाने क्रममा रेलको ढोकाबाट खसेर शनिबार बेलुकि घटनास्थलमै मुत्यु भएको उहाका आफन्तले बताएका छन् । 

गुजरातको वापिमा काम गर्दै आएका मोहन आफ्नो श्रीमति डुप्कि परियार नेपालबाट आफन्तसग महाराष्ट्रको ठानेसम्म आएपछि लिनका लागि रेल यात्रा गर्दै आईरहेका थिए । घरबाट आएकि श्रीमति डुप्कि परियार भेट्न नपाउदै ठाने जाने क्रममै मुम्बईको पालघरमा उहाको मृत्यु भएको थियो ।


आईतबार पालघारमा पोष्टमार्टम भएपछि ठाने आफन्तले सब बुझेर अन्तिम दाहासस्कार गरिसकेका उनका भाई प्रबिण विकले जानकारि दिनु भयो । 


यो पनि पढ्नुहोस् 

रेलले किचेर एकै परिवारका दुईको मृत्यु

यता झापाको मेचीनगर नगरपालिका–७ स्थित काँकडभिट्टाका एउटै परिवारका दुईको रेल दुर्घटनामा परी मृत्यु भएको छ । शनिबार बिहान ११ बजे भारतको बाघपुल नजीक मङ्पुमा काँकडभिट्टा निवासी ३३ वर्षीय इन्द्र श्रेष्ठ र उहाँका ११ वर्षीय छोरा रोहनको रेलले किचेर घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनामा इन्द्रका श्रीमती डम्बरकुमारी श्रेष्ठ घाइते अवस्थामा रहेको उनीहरुका छिमेकी पत्रकार लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । उहाँको शरीरको पछाडिको भागमा गम्भीर चोट लागेको छ । उपचारका लागि डम्बरकुमारीलाई विराटनगरस्थित नोवेल मेडिकल कलेज भर्ना गरिएको इन्द्रका दाजु खेमराजले बताउनुभयो । 

उहाँका अनुसार जेठा छोरा १३ वर्षीय रोशुसहित बुधबार इन्द्रको चार जनाको परिवार आफ्न्त भेटघाटका लागि मावली घर टिष्टा पुगेका थिए । बिहानको खाना खाएर रेलको लिक नजीकै रूखको फेदमा शीतल तापेर बसेका इन्द्रलाई तीव्र गतिमा आएको रेलले किचेको र श्रीमती डम्बरी बचाउन जाँदा कान्छो छोरासमेत सँगै पुगेको बताइएको छ । 

आमा गएको देखेर कान्छो छोरा रोहन पछिपछि कुदेर जाँदा रेलले उनलाई पनि किचेको थियो । जेठो छोरा भने केही पर रहेकाले दुघर्टनाबाट बच्न सफल भएको परिवारजनले जनाएको छ । मृतक रोहन काँकडभिट्टास्थित लोफोफोरस अङ्ग्रेजी मावि कक्षा ६ मा अध्ययरत रहेको प्रधानाध्यापक सागर गुरुङले बताउनुभयो । 

भारतीय प्रहरीले सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाएको छ । भारतको एक मेडिकल कलेजमा शवपरीक्षणपश्चात् आज मात्र बाबुछोराको शव नेपाल ल्याइने भएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले दुर्घटनामा मृत्यु भएको सुने पनि आधिकारिक जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले भारतीय प्रहरीसँग बुझ्दा घटना भएको स्वीकार गर्दै आज शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला