२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

२०७६, ३० जेष्ठ बिहीबार ११:१२

जेठ ३०,काठमाडौँ | नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गर्नुभएको छ । 

डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन काँग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । 

डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी (डिआइपिडी) को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कँग्रेस उपसभापति निधिसहित नेता डा मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लाग्नुभएको हो । 

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ । 

डिआइपिडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।

प्रजातन्त्र मेलामा सहभागीपछि उपसभापति निधिसहितका नेताहरू विश्वभर छरिएर रहेका नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समितिको अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुनुहुनेछ । विभिन्न ३३ देशका महाधिवेशन प्रतिनिधिको सहभागितामा उक्त कार्यक्रम डेनमार्कमै हुनेछ । 

कार्यक्रममा प्रशिक्षणका साथै नेपालको समृद्धिमा डायस्पोराको भूमिका, विश्वमा बढ्दो तापक्रम र यसको नेपालमा पर्ने प्रभाव, विश्वको बदलिँदो राजनीति, दक्षिण एशिया र नेपाल, समाजवादमा युरोप अनुभव विषयमा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा