२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मारिएका नेपालीका हत्यारालाई ६० बर्ष कैद फैसला, २५ हजार डलर जरिवाना

१० भाद्र २०७६, मंगलवार ०२:३६

विजय थापा | भदौ १०, डिसी । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेशम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ ।

उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पन्चहरु)ले ६० बर्षको र २५ हजार डलरको सिफारिस गरे पछि न्यायधिसले उक्त निर्णय सुनाएका हुन् ।

रेशमका पक्षका वकिलले हत्यारालाई जन्म कै सिफारिस गरेको तर अभियुक्त हत्याराका वकिलले २० बर्षको सजायको प्रस्ताव गरेका थिए । सजाय समय तोक्ने बिषयमा दुवै पक्षका वकिलहरुको बहस भएको थियो ।


तर जुरी (पन्चहरु)ले उनीहरुको दाबीलाई नकार्दै हदै सम्मको सजाय सुनाएका थिए । हत्यारा जेल (कारागार)आगामी नोभेम्बर २२ मा जाने छन् । भर्जिनियाको हरन्डन शहर स्थित सुनोको ईन्धन चौकी(ग्यास स्टेसन )मा स्व रेशम बजगाईलाई आगो निभाउने उपकरण( फायर एक्सटिनगुईसर )ले हिर्काएर माथिल्लो भागमा ज्यादा चोट पटक लागेको कारण बजगाईको मृत्यु भएको थियो । त्यसको साथै अन्य फलामे चिज तथा घाँटी न्याकेको समेत प्रमाण फेला परेको छ ।

फैसला हुनु अघि घटनाको सम्पूर्ण प्रमाण ( क्यामारा ) अदालतको न्यायाधिसलाई देखाईएको थियो । यसको फैसला दुई चरणमा गरिएको थियो । पहिलो चरणमा हत्यालाई प्रथम श्रेणीको हत्याको किटानी गरियो । स्मरण रहोस ,प्रथम श्रेणीको हत्याको लागि कम्तिमा २० बर्ष र बढीमा जन्म कैद हुन्छ ।

दोश्रो चरणको सुनुवाई पछि ६० बर्षको कैद र २५ हजार डलरको जरिमाना सुनाईएको हो । प्रहरीले गत बर्ष नै हरन्डन शहर कै किनमेल बजारको कार पार्क (सवारी साधन रोक्ने ठाउँ) बाट अभियुक्त हत्यारा मोहमद ए अब्दुल्लाहीलाई पक्राउ गरेको थियो । उनलाई प्रथम श्रेणीको हत्याको आरोप लगाई ६० बर्षको कैद सुनाएको हो ।


नेपाली मूलका ४० बर्षिय स्व रेशम बजगाईलाई गत बर्ष बुधबारका दिन बिहान १ बजेर १५ मिनेटमा हत्या गरेको फेयर फ्याक्स प्रहरी चौकीले जानकारी दिएको थियो । मृतक बजगाई सेप्टेम्बर २०१७ मा अमेरिका आएका थिए । उनि उक्त सुनोको ग्यास स्टेसन ( इन्धन चौकी ) मा हप्तामा एक पटक मात्र काम गर्ने र त्यही दिन काम गर्न आएका थिए । 

अमेरिकाको डिसी महानगर क्षेत्रको हरन्डन आसपासमा बसोबास गर्ने स्व बजगाई आफ्नी जीवन संगिनी तथा ६ बर्षिय छोरी संग बस्दै आएका थिए । हरन्डनको किनमेल गर्ने बजार स्थित १३३०० ब्लक अफ फ्रान्कलिन फर्ममा घटना घटेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली