२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साधारण सभा तथा स्वागत कार्यक्रम सम्पन्न

१६ भाद्र २०७६, सोमबार ०४:२९

भदौ १६, अमेरिका | संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रम नेपाली विद्यार्थी समाज (२०१८/२०१९)का अध्यक्ष संजिव रेग्मीको नेतृत्वमा भएको थियो । 

यस विश्वविद्यालयको सेन्टर फर ईन्टरनेशनल एजुकेशनकाका डाइरेक्टर डा. एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा. इलेन कोन्राडको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आगामी वर्ष (२०१९/२०२०)को नयाँ वोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ । रसाएन शास्त्रमा विद्यावारिधी गरिरहनु भएका कृष्ण पाण्डे आगामी वोर्डको अध्यक्षमा निर्वाचित भएका छन् भने वोर्डको उपाध्यक्षमा प्रविन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल  र सदस्यहरु प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन् । 


यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरि २२ जना नयाँ नेपाली विद्यार्थीहरु स्नातक, स्नाकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन् ।  नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरुको स्वागत, तिज दशैँ तिहार होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरु मनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो