३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

भ्रमण वर्षलक्षित पाँचखाल महोत्सव

२६ आश्विन २०७६, आईतवार ०३:४८

असोज २६, काभ्रेपलाञ्चोक | फुटबल क्षेत्रमा सक्रिय पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पाँचखाल महोत्सव आयोजना गरेको छ । पुफाले भ्रमण वर्षलक्षित गर्दै दोस्रोपटक यही असोज २९ गतेदेखि कात्तिक ९ गतेसम्म महोत्सव आयोजना गरेको हो । 

पाँचखाल क्षेत्रमा उत्पादित कृषि उपज, स्थानीय पर्यटन तथा विविध सांस्कृतिक मौलिकतालाई जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पुफाका सचिव एवं महोत्सव संयोजक जीवन नेपालले जानकारी दिनुभयो । “हामीले भ्रमण वर्षलक्षित महोत्सव आयोजना गरेका छौँ, महोत्सवले पाँचखालका उत्पादन तथा सांस्कृतिक एवं पर्यटन, दृश्यावलोकन स्तम्भलगायत स्थलको प्रचारप्रसार गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार महोत्सवले पाँचखालमा पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

महोत्सवमा पाँचखाल क्षेत्रमा बसोबास गर्ने दनुवार तथा तामाङ समुदायको वेषभूषा, कला संस्कृतिलाई विशेष महत्व दिइने योजना बनाइएको छ । महोत्सवमा एक सय स्टल रहने र करीब एक लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको पुफा अध्यक्ष मिलन श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै, पर्यटकीय स्थान नगरकोटस्थित बृहत् पर्यटन सहकारी संस्थाले आउँदो ‘भ्रमण वर्ष–२०२०’ लक्षित पर्यटन प्रवद्र्धन कार्यक्रमअन्तर्गत विदेशी पाहुनाका लागि नगरकोटका १० घरमा होमस्टे (घरबास) व्यवस्थापन गरेको छ भने विदेशी पाहुनाका लागि पर्यटन सूचना केन्द्र स्थापना गर्ने, सहकारीमार्फत नगरकोटमा स्वदेशी–विदेशी पाहुनाका लागि स्वच्छ वातावरण, स्वस्थ खाना, सहज एवं रमणीय बसाइँको व्यवस्थापन तथा होमस्टेको सङ्ख्या बढाउँदै लगिने, स्थानीय सक्षम युवा छनोट गरी ‘गाइड’ सम्बन्धी तालीम दिइने, पर्यटकीय एकीकृत बस्ती निर्माणको कार्ययोजना बनाउन सम्भाव्यता अध्ययन थालिने, नगरकोटका होटलमा जैविक तरकारी प्रयोग गराउन हाललाई उपलब्ध गराउने र त्यससम्बन्धी खेती शुरु गर्ने योजना बनाएको छ । 

यसअघि काभ्रेपलाञ्चोकमा पर्यटन प्रवद्र्धनार्थ भ्रमण वर्षलक्षित पूर्वतयारीअन्तर्गत तेमाल हाइकिङ, नमोबुद्ध हाइकिङ शुरु गरिएको छ । साथै, सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले भ्रमण वर्षलक्षित नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवद्र्धन गरी ‘युनिफिकेशन टे«किङ टे«ेल’का रुपमा विकसित गर्ने योजना अघि सारेको छ ।

मन्त्री दुलालद्वारा खेलमैदान उद्घाटन

प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको गत आर्थिक वर्षको ५० लाख बजेटबाट काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–५ मा नवनिर्मित खेलमैदानको उद्घाटन गर्नुभएको छ । 

साथै उहाँले उक्त खेलमैदानमै चाडपर्वको अवसरमा कामीडाँडा रूपान्तरण तथा संरक्षण विकास केन्द्रद्वारा आयोजित खुला नकआउट फुटबल प्रतियोगिताको समेत उद्घाटन गर्नुभयो । 

सो अवसरमा उहाँले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारले विकासको क्षेत्रमा क्रान्ति नै ल्याउने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “न्यायको क्रान्ति सकियो, अब विकास निर्माणको क्रान्ति गर्ने हो, गरिरहेका छौँ ।” उहाँले विकास निर्माणको क्रान्तिमा सबै पक्ष एकजुट हुन आग्रह पनि गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता