२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनसिसि कोरियाकी अध्यक्षलाई कोरियन प्रहरीले पक्रियो

२०७६, २६ आश्विन आईतवार ११:५५

अर्जुन बराल | असोज २६, दक्षिण कोरिया | सन् १९९३ मा दक्षिण कोरियाका लागि नेपाली दुतावास नभएको र नेपाली समुदायलाई पर्ने हरेक समस्यालाई समाधानका निम्ति भनि सिमित नेपालीहरुको पहलमा नेपालीहरुकै लागि भनि स्थापित नेपाली सम्र्पक समिति(एनसिसि)को सोह्रौं कार्यकालका लागि अध्यक्षमा चुनिएकी नेपाली समुदायमा अञ्जु केसी नामबाट परिचित डोल कुमारी खत्रीलाई हिजो साँझ कोरियन प्रहरीको सादा पोशाकको टोलीले चेकजाचका क्रममा “ओभर स्ट्रे” का कारण दक्षिण कोरियामा नेपाली असन बजारका नामबाट परिचित तुङ्देमुन नजिकैबाट  पक्राउ गरेको छ साथै यसको पुष्टि गदै उनले आफनो फेसबुक मार्फत कोरियामा रहेका सबै नेपालीलाई सम्बोधन गदै मिस यु लेखेकी छिन । 

सेमलार–७ रुपन्देही स्थायी ठेगाना उल्लेख नेपाली राहदानी १८८५३८० बाहक खत्री लुम्बिनी ओभरसिजबाट उनका नजिककै आफन्तको माध्यमबाट कोरिया आगमन सँगै अबैधानिक हुँन पुगेकी थिईन भने उनको राहदानी जारी सन् २००३ मा भएको भएपनि नेपाली समुदायमा सन् २००१ मा कोरिया प्रबेश गरेको र नेपाली समुदाय राम्ररी बुझेको भनी प्रचार गर्ने गरेकी थिईन ।

कोरियाको दुःखलाई बिर्सेर नेपालीका हरेक समस्यामा साथ दिदै आईरहेकी र सामाजिक अभियन्ताका रुपमा आफुलाई परिचित गराएकी खत्रीकै कार्यकालमा नेपाली सम्र्पक समितिले दक्षिण कोरिया सरकारबाट बैधानिक संस्थाका रुपमा ईजाजत प्राप्त गरेपनि सम्मानित संस्थामा लामो समय देखि अबैधानिक तवरले बसोबास गरेकी उनी अध्यक्ष पद छोड्नुको सट्टा संस्थाका नाममा पदको दुरुपयोग गरि अझ लामो समय टिकिरहने दाउँमा लालान्वित रहेको भन्ने उनी माथि आरोप लागेको थियो ।

नेपाली सम्र्पक समिति दक्षिण कोरियाका निर्बतमान अध्यक्षले संस्थाको हिसाब किताब पारदर्शी नगरि आर्थिक अनियमितता गरेको आरोप लगाउँदै र त्यसलाई पारदर्शी गर्न दबाब दिएका नाममा खत्रीले मिडिया उपयोग गरेर आफनो चरित्र हत्या गरेको आरोपमा निर्बतमान अध्यक्षले खत्रीका बिरुद्धमा  केहि महिना अगाडी कोरियन प्रहरीमा समेत साईबर क्राईममा मुद्धा दर्ता गरेका थिय । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै