२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएले अर्को सम्मेलन काठमाडौँमा नगर्ने, घर-घरबाटै मतदानको व्यवस्था हुने

२०७६, १ कार्तिक शुक्रबार ११:३८

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् । पन्तले प्रविधिको जमानामा लाइन लागेर मतदान नगर्ने भन्दै घरघरबाट मतदान गर्न व्यवस्था मिलाउने घोषणा गरेका हुन् । 

अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पन्तले राजनीतिक रंग देखिन थालेको भन्दै अब एनआरएनएको सम्मेलन काठमाडौंमा नगर्ने बताए ।

उनले भने, ‘आजको प्रविधिको जमानामा काठमाडौं आएर लाइन लागेर मतदान गर्न आवश्यक छैन । घरघरबाट मतदान गर्न पाउने व्यवस्था गर्नेछु ।’ उनले चुनावी घोषणापत्रअनुसार संघको सदस्यता निःशुल्क बनाउने बताए ।

साथै गैरआवासीय नेपाली संघलाई थप एकतावद्ध बनाउने र कसैलाई पनि काखा र पाखा नगर्ने पन्तले प्रतिवद्धता जनाए । उनले नेपाललाई अदक्ष कामदार विदेश पठाउने सूचीबाट हटाउन एनआरएनको नयाँ नेतृत्वले काम शुरु गर्ने बताए । अहिले नेपाल अदक्ष कामदार विदेश पठाउने देशको रुपमा चिनिएको छ, पन्तले भने 'नेपाल सरकार र प्रदेश सरकारसंग मिलेर कामदारलाई तालिम उपलब्ध गराई दक्ष बनाएर मात्र विदेश पठाउन सरकारलाई सहयोग गर्छौं ।'

संघको निर्वाचनमा एक पक्षको मात्र जित भएको छैन, उनले भने 'सिंगो एनआरएनको जित भएको हो, अब सबै पक्षलाई मिलाएर चुनावी घोषणापत्र अनुरुपका काम तत्काल शुरु गर्छौं । 

एनआरएनएको नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।  अध्यक्षमा कुमार पन्तले अर्का प्रत्यासी कूल आचार्यलाई १४७ मतान्तरले पराजित गरेका हुन् । पन्तले एक हजार २१७ मत ल्याए भने आचार्यले एक हजार ७० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा