२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी

१७ कार्तिक २०७६, आईतवार ०५:२३

अर्जुन बराल | कात्तिक १८, सौल | 'नेपालका लागि नेपाली' भन्ने मूल नारालाई आत्मसाथ गरि स्थापित गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौँ कार्यसमितिका अध्यक्ष यज्ञराज सुबेदीले लामो समयसम्म पनि संस्थाको हिसाब-किताब पारदर्शी तरिकाले नबुझाएकाले आर्थिक पारदर्शीताका लागी ढिलो गरेको खण्डमा आफुले कानुनीबाटो अवलम्बन गरि संस्थाको रकमलाई पारदर्शी बनाउन बाध्य हुनुपर्ने हुँदा जतीसक्दो छिटो निबर्तमान अध्यक्ष लक्ष्मी गुरुङ्गलाई हिसाब बुझाउँनका लागि समयसिमा दिएको प्रमाण साझा सवाल अनलाईनले प्राप्त गरेको छ ।

किन बुझेन हिसाब नयाँ कार्यसमितिले ? 

बिभिन्न कारणले दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि अस्थायी बसोबास गर्नेगरि गैह्र आवासिय नेपाली संघ दक्षिण कोरिया अभिभावक रहने गरि उसकै सक्रियतामा स्थापित नेपाल हाउस स्थापनाको सातौं बर्षमा निर्बतमान अध्यक्ष लक्ष्मी गुरुङ्गले पूर्णरुपमा संचालन गर्नेगरि ३ करोड १४ लाख ८० हजार कोरियन वन पैसासहित जिम्मेवारी लिएतापनि बिबिध कारणले सौलको क्यापिटल सिटीमा रहेको नेपाल हाउसमा लक्ष्मी गुरुङ्गकै कार्यकालमा दुई स्थान परिबर्तन भए तर नेपाल हाउसको अवस्था आईसियुमा छटपटिएको छ, सम्भबत अब बाँच्ने सम्भाबना छैन भने यस दुई बर्षको अबधिमा नेपाल हाउसकै भाडा, मर्मत-संहार, स्थान परिबर्तनका नाममा ५ करोड ७३ लाख १३ हजार १३० कोरियन वन अर्थात नेपाली पचासलाख भन्दा बढी रकमलाई खर्च देखाईएको छ, जुन खर्चलाई नयाँ कार्यसमितिले अस्वभाबिक बुझेको छ । आईसिसि सदस्य शुल्क ब्यक्तिले तिर्नु पर्नेमा संस्थाले तिर्नेगरि केन्द्रमा ११ लाख कोरियन वन रकम सहित अर्को केन्द्रलाई बुझाएको भन्ने शिर्षकमै ११ लाख कोरियन वन निकासी सहित एनआरएनएलाई कोरियामा नै दर्ता गर्नेगरि संस्था दर्ताको लागि भन्ने शिर्षकमा ३० लाख कोरियन वन रकम खर्च देखाईएको भएतापनि कानुनी प्रक्रियाका लागि एक पैसा पनि नबुझाएको नयाँ कार्यसमितिको आरोपसँगै निर्बतमान अध्यक्ष लक्ष्मी गुरुङ्गले भने घुमाउरो पाराले पुरै तीस लाख कोरियन वन फिर्ता आउँने बताएकी छिन्  ।

नारामा मजदुर मैत्री एनआरएन बताए पनि एनआरएनए कोरियाकी निर्बतमान अध्यक्ष गुरुङ्गले आफ्नो र्दुइ बर्षको कार्यकालमा संस्थाको तर्फबाट एक जना नेपाली मजदुरलाई तीन लाख कोरियन वन आर्थिक सहयोग गरेको मात्र देखाईएको छ त्यस बाहेक अरु छैन । उनले मजदुरका लागि आफ्नै ब्यतिगत खर्चमा धेरै सहयोग गरेको बताउँदै गर्दा राजदुत, पत्रकार अनि कोरियामा आउने मन्त्री, नेता लगाएतका नाममा कुल ३७ लाख ९६ हजार ९०० कोरियन वन रकमलाई भोजभतेरका नाममा गरिएको अनावश्यक खर्चका रुपमा नयाँ कार्यसमितिले मनोमानी भएको बुझेको छ । निर्बाचनको मुखमा बिबिध कारण देखाई 'नेपालीको घर' नामबाट परिचित नेपाल हाउसलाई स्थान परिबर्तन गर्दा नेपाली असन बजार नामबाट परिचित दोङदेमुनमै निर्बतमान अध्यक्षको पुजा रेष्टुरेन्ट रहेकै भवनमा सारि नेपाल हाउस मर्मत शिर्षकमा गरेको खर्च रकम २२ लाख कोरियन वनलाई नेपाल हाउसका नाममा आफ्नै रेष्टुरेन्ट मर्मत गरेर खर्च देखाईएको नयाँ कार्यसमितिले आरोप लगाएको छ भने एनआरएनए कोरिया भित्र आर्थिक अनियमितताका बिषयमा कोरियाको नेपाली समाजलाई नजिकबाट बुझेका एकजना मजदुर बैरागी माईलाले फेसबुकमार्फत यस बिषयलाई लुकाउँन नहुँने भन्दै केहि समय अघिदेखि नै आक्रोस पोख्दै आएका थिए ।

त्यस्तै कोरियामा रहेका नेपाली संघ-संस्थाले गर्ने कार्यक्रममा सहयोगका नाममा एनआरएनए संस्थाको कोषबाट बाडिएको ४१ लाख ३१ हजार कोरियन वनलाई सहयोग गर्नुको कारण उल्लेख नभएकाले जथाभाबी गरिएको खर्चका रुपमा बिचार गर्नुपर्ने शिर्षकमा नयाँ कार्यसमितिले महत्वपूर्ण बुँदाको रुपमा राखेको छ । त्यस्तै अझ चाखलाग्दो कुरा त निबर्तमान कार्यसमितिका कोषाध्यक्ष आलोक बाँनियाको खातामा ५५ लाख कोरियन वन रहेको बिबरण सहितको आर्थिक प्रतिबेदन निर्बतमान कार्यसमितिले बाहिर ल्याएपनि स्वयंम् गुरुङ्गले पचास लाख मात्र रहेको बताएकी छन्, जहाँ अध्यक्षको भनाई र आर्थिक प्रतिबेदन दुबैका अर्थमा पाच लाख कोरियन वन फरक परेर बाझिएका छन् भने कोषाध्यक्ष बाँनिया अबैधानिक कारोबारमा संलग्न रहेको आधारमा कोरियन प्रहरीले पक्राउ गरि डिपोर्ट गरिसकेको छ, स्मरण रहोस: सातौँ अधिबेशनमा कोषाध्यक्षको खाताको रकम छ महिनाभित्र आफूले उठाउँने गरि अध्यक्ष गुरुङ्गले कागजी सहि गरेको भनेर निर्बाचन मण्डलले जानकारी गराएको छ ।

एनआरएनए दक्षिण कोरियाकी निर्बतमान अध्यक्ष लक्ष्मी गुरुङ्गको छैठौं कार्यसमितिले आफ्नो कार्यकालमा कुल १२ करोड ८८ लाख ४२ हजार ५०० कोरियन वन आम्दानी देखाएता पनि ११ करोड १३ लाख ४१ हजार ४४५ कोरियन वन खर्च सातौ अधिबेसनबाट संकलीत रकमबाट गरेको प्रष्ट देखिएको छ । साथै १ करोड ७५ लाख एक हजार कोरियन वन बचत भएको देखाएतापनि संस्थाको खातामा त्यति रकम छैन भने छैठौ कार्यसमितिको भित्रैबाट अध्यक्ष गुरुङ्गले अधिकांश निर्णय पदमा नरहेका ब्यक्तिबाट सल्लाह गरेर जाने गर्दा यस्तो अबस्था आएको जानकारी दिएका छन्, जुन आश्चर्यलाग्दो बिषय छ । नयाँ कार्यसमितिले ७ करोड ७० लाख ४० हजार २३० कोरियन वन अर्थात सत्तरी लाख नेपाली रुपैया बराबरको हिसाब प्रति चित्तबुझ्दो प्रमाणको अभाब सहित कुन मितीमा कसरी, कुन प्रक्रियाबाट रकम निकाशी गरिएको त्यो प्रष्ट नभएकाले हिसाब नबुझ्ने र संस्थाको नाममा हुने अनाबश्यक खर्च समेत रोक्ने प्रतिबद्दतासहित आफ्नो कार्यकालमा हुने खर्चलाई पारदर्शी बनाउँन भन्दै संस्थाका पूर्ब उपाध्यक्ष दिनेस हिराचन संयोजक रहने गरि लेखा समिति बनाएको संस्थाका महासचिबले जारी गरिएको प्रेश बिज्ञप्तीमा उल्लेख छ, साथै आफ्नो कार्यकालमा भएका खर्चका के कस्ता शिर्षकमा नयाँ कार्यसमितिले चित्त नबुझाएको हो, त्यसको जानकारी प्राप्त हुनासाथ आफ्नो कार्यसमिति बिचमा छलफल गरेर जानकारी दिने निर्बतमान अध्यक्ष गुरुङ्गले प्रतिबद्धता जनाएकी छन् ।

त्यस्तै एनआरएनए कोरियाको छैठौ कार्यसमितिले संस्थालाई तिर्नु पर्ने लेबी नतिरेका बिभिन्न संस्थाका बिल्ला भिरेका बरिष्ठहरु लगाएत आर्थिक पाटोलाई मजबुत बनाउँनका लागि गरिएको च्यारिटी डिनर कार्यक्रममा महङ्गा-महङ्गा वाईन खाएर बोलिएको आर्थीक सहयोग रकम कस-कसले उपलब्ध गरेका छैनन्, तिनीहरु सबैको नाम छिट्टै सार्वजनिक गर्ने भन्दै आक्रोश व्यक्त गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली