२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एजियु ४० औं सम्मेलन: नेपालको सानदार उपस्थिती, कोरियाको युनिभर्सिटीबाट पनि नेपाली चेली छनौट

२२ मंसिर २०७६, आईतवार ०६:५५

अर्जुन बराल | मङ्सिर २२, सौल | दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतमा रहेको ईन्भाइरोमेन्ट कर्पोरेशन बिभागको अनुसन्धानकर्ताका रुपमा रहंदा गरेका रिर्सचको मुल्याङ्कन सहित सौल नेशनल युनिभर्सिटीमा रिसर्चरका रुपमा कार्यरत आस्था बिन्दु मल्ल ठकुरी अमेरिकन जियोफिजिकल युनियन (एजियु)ले यहि डिसेम्बर ९—१३ सम्म अमेरिकाको सनफ्रान्सीस्कोमा आयोजना गर्ने ४०औं सम्मेलनका लागि छनौटसँगै त्यस तर्फ प्रस्थान गर्दैछिन् ।

बिश्वका सय भन्दा बढी देशबाट प्रोफेसर, बिद्यार्थी सहित बिभिन्न क्षेत्रका सफल अनुसन्धानकर्ता अनि बैज्ञानिक समेत गरि हजारौँको उपस्थिती रहने सो सम्मेलनमा काठमाण्डौ बिश्वबिद्यालयका प्रोफेसर सुबोध शर्मा, आकांक्षा बुढाथोकी सहित अन्य देशमा रहेका अनि अमेरिकामा पढेर सफल रुपबाट रिर्सच गरेका नेपालीको समेत उपस्थिती रहने छ ।

बिश्वब्यापीरुपमा बढेको जलबायु परिबर्तनबाट परेका समस्या र समाधानका लागि नेपालले सम्भवत: पहिलोपल्ट नेपालकै आफ्नो सेसन “ Water and Environment Challenges Under a Changing Climate Over The High-Himalaya mountains” अन्तर्गत रहेर छुट्टै छलफल गर्ने छ भने छलफल स्थलमा पृथ्बी र अन्तरिक्ष बिज्ञानको नविनतम रुपमा अनुसन्धान गरेका प्रख्यात अनुसन्धानकर्ता र बैज्ञानिकहरु रहने छन्, जसमध्ये आस्था बिन्दु मल्ल ठकुरीले “Challenges and opportunities of Mountain Waste Management in Nepal” बिषयमा महत्वपूर्ण स्पिच दिने छिन् जसले गर्दा नेपालको हिमाली क्षेत्रमा परिरहेको जलबायु परिबर्तनको असरका बिषयमा बिश्वसमुदायलाई अबगत हुँने अनुमान लगाउँन सकिन्छ ।

बिकशित देशका तुलनामा नेपालले हरितगृह ग्याँसको न्युन मात्रामा उत्सर्जन गरेपनि तापक्रम बृद्धिका कारण बिशेषत हिमाली भेगमा बहुआयामिक असर परिरहेको छ भने औधोगिक मुलुकहरुले कार्बनडाईअक्साईड ग्याँस अत्यधिक उत्र्सजन गरेका कारण नेपालजस्ता बिकासोन्मुख मुलुकहरुले यसलाई  खप्नसक्ने हैसियत प्राप्त गर्न र हरितगृह ग्याँस भबिष्यमा अहिलेको अनुपातमा बढ्दै गएको खण्डमा स्थिति अझ भयाबह हुने निश्चित छ । तसर्थ जलबायु परिबर्तनको बहुआयामिक असरका सम्बन्धमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समस्या समाधानका लागि साझा प्रयासको खाँचो देखिएको छ भने यस सम्मेलनबाट नेपाल लगायत बिश्बका बिकासोन्मुख राष्ट्रहरुलाई टेवा पुग्ने देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य