२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन

२०७६, ३० मंसिर सोमबार ०५:०९

विजय थापा | मंसिर ३०, डिसी | नेपालका भूभागहरु कालापानी,लिपुलेक र लिम्पियाधुरालाई हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले बिरोधमा व्हाइट हाउस देखि डिसी स्थित भारतीय राजदुताबास सम्म बिशाल बिरोध जुलूस प्रदर्शन भव्यताको साथ सम्पन्न भएको छ |


सन् २०१५ नोभेम्बर २२ का दिन भारतले गरेको अघोषित नाकाबन्दी भन्दा कम सहभागिता रहेता पनि यस पटकको बिरोध जुलुस ज्यादा प्रभावकारी रहन पुगेको छ । अमेरिकाको राजधानी वाशिंगटन डिसीको बीच सडकबाट नारा सहित जुलुसले सबैको ध्यानाकर्षण गर्न सफल भएको छ ।

बिरोध जुलुस शान्तिपूर्वक प्रदर्शन गर्दै अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसको अगाडी तर्फ रहेको लाफाऐट  पार्क (उद्यान) वरिपरिको गोरेटोमा २ पटक चक्कर लगाए पछि डिसीको मुख्य शहर हुदै भारतीय राजदुताबास पुगि प्रदर्शन १:३० मा समापन गरिएको थियो ।

भारतीय दुताबास अगाडी ३ पटक चक्कर लगाएर मर्यादित नाराबाजी गर्दै आएको जुलुसलाई डिसी बिरोध जुलुसका संयोजक समाजसेवी तथा बानाका पूर्व अध्यक्ष कुलमणि आचार्यले कार्यक्रमको समापन भारतीय दुताबास अगाडी गरेका थिए । उनले सहभागी हुने र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै कार्यक्रमका भिडियो ( श्रब्य दृश्य) लगायत अन्य चिजहरु सङ्कलन गरे पछि भारतीय दुताबास ,बेलायती दुताबास ,चिनिया दुताबास लगायत अन्य महत्वपूर्ण पत्राचार गरिने बताए ।


संख्यात्मक रुपमा कम सहभागिता रहेता पनि अभूतपूर्व रहेको कार्यक्रममा ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू'का अगुवाई गर्ने समाजसेवी तथा एएनएका पूर्व अध्यक्ष रोजर अधिकारी ,अर्का डिसी बिरोध जुलुसका एक क्रियाशील सदस्य ,प्रवक्ता तथा एएनएका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी तथा नेपाल भूभाग र सीमानाका सर्वेक्षण विभागका पूर्व महानिर्देशक बुद्धि नारायण श्रेष्ठले संक्षेपमाभूमि अतिक्रमण बारेमा संक्षेपमा बताएका थिए ।


यसै गरि उक्त कार्यक्रममा वरिष्ठ लोकगायक प्रेम राजा महतले देश भक्ति राष्ट्रियताले ओतप्रोत भएको गीत सुनाएका थिए भने तथा लोकगायक राम प्रसाद खनालले गीतलाई कवितात्मक शैलीमा भारतलाई ब्यङ्ग गर्ने कविता वाचन गरेका थिए । यसै गरी डिसी क्षेत्रका कलाकार द्वय खेम संग्रौला तथा श्याम सुन्दर आचार्यले रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो गीत प्रस्तुत गरेका थिए । महिलाहरुले पनि देशभक्ति कबिता वाचन गरेका थिए ।  

उक्त बिरोध जुलुसमा अंग्रेजी तथा नेपाली दुवै भाषाका नाराहरु लेखिएका प्रचार प्रसार सामग्री प्रदर्शन साथै नारा लगाइएका थिए । लिपुलेक हाम्रो हो ,ब्याक अफ इन्डिया ,रिटर्न योर मिलिटरी ब्याक तु योर टेरिटोरी डाउन विथ इन्डिएन एक्स्पान्सननिज्म ,कालापानी ,लिपुलेक ,लिम्पियाधुरा हाम्रो हो भन्ने नारा सहित महिला तथा पुरुषहरु ठूलो स्वरले डिसी शहर घन्काएका थिए ।

उक्त कार्यक्रममा सहभागी हुन् आएका थुप्रै पुरुष तथा महिलाले हामीलाई तपाईको भूमि चाहिदैन र हाम्रो भूमि पनि अतिक्रमण नगर भन्ने आफ्ना भनाई राख्दै हामी भारतको बिरोधि नभएको भन्दै यस्ता कार्यका बिरोध गरि रहने आक्रोस पोखे ।


सहभागी मध्ये त्रिभुवन विश्वविद्यालयका प्राकृतिक स्रोत व्यवस्थापनका पूर्व प्रा डा गोपी उप्रेतीले नेहरु देखि नै नेपाल जस्तो सानो मूलुकलाई दुख दिने नियत र दशकौ देखि भूमि अतिक्रमण गरेकोमा यसको बिरोध गर्दै ध्यानाकर्षण गरेको बताए ।


स्वयम् सेवक को जिम्मवारी निर्वाह गर्ने समाज सेवी तथा प्रवासी नेपाली समाज अमेरिकाका अध्यक्ष प्रभु थापाले चर्का नारा नलगाउन आग्रह गर्दै उनको नेतृत्वमा भारतीय दुतबास सम्म जुलुस पुगी बिसर्जन गरेको थियो । उक्त डिसी बिरोध जुलुस कार्यक्रम गर्न नेपाली समुदाय बीच करिव दर्जनौ पटक कार्यक्रमलाई सफलता बनाउन बैठकको आयोजना गरेका थिए । भव्यताको साथ सम्पन्न बिरोध जुलूस प्रदर्शनको एक दिन अगाडी बाल्टिमोरको बाना सामुदायिक भवनमा बिज्ञहरुको बैठकको आयोजना गरिएको थियो ।


डिसी बिरोध जुलुस प्रदर्शन नामक कार्यक्रम संयुक्त नेपाली मोर्चा जस्लाई ‘नेपालीको क्षेत्रीय अखण्डताको लागि नेपालीहरू’नामक उत्तर अमेरिकाका सबै नेपालीहरुको समूहको प्रतिनिधित्व हुने गरि कार्यक्रमको आयोजना गरिएको थियो ।


कार्यक्रम अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस अगाडी रहेको लाफेएट उद्यानमा कार्यक्रम गरिएको थियो | जम्मा भएका नेपालीहरुले नेपाली झण्डा,दौरा सुरुवाल ,भादगाउँले नेपाली टोपी, तुल, झन्डा र बिभिन्न नारा लेखेका सामग्री सहित व्हाइट हाउस अगाडि भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध ऐक्यबद्धता जनाएका थिए ।


डिसी बिरोध जुलूस नामाकरण गरिएको उक्त कार्यक्रममा डिसी क्षेत्र लगायत अमेरिकाका विभिन्न राज्यहरुका संघ/संस्थाको सहभागिता रहेको थियो |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा