२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूरक्षागार्डलाई कार्यक्षेत्रमा आफ्नै सुरक्षाको समस्या, सरकार र रोजगारदाताले चासो नदिएको गुनासो

१८ चैत्र २०७६, मंगलवार १०:०५

चैत्र १८, काठमाडौं । सुरक्षा व्यवसायी संगठन नेपालले सुरक्षा गार्डको सुरक्षाका विषयमा सरकार र रोजगारदाता कम्पनी दुवैले चासो नदेखाएको गुनासो गरेको छ । सुरक्षा गार्डपनि प्रहरी जस्तै लकडाउनको अवस्थामा पनि अरुको सुरक्षाको लागि खटिरहेको अवस्थामा उनीहरुको बारे सरोकारवाला नै चासो नदिएको सुरक्षा व्यवसायी संगठन नेपालका अध्यक्ष उद्धबराज डल्लाकोटीले बताए ।

हाल विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारणले विश्वलाई नै आतंकित बनाइरहेको छ । कोरोना भाइरसका संक्रमण फैलिएसँगै सरकारले देशभर लकडाउन गरेको अवस्थमा अत्याश्यक सेवामा खटिने बाहेक सबै क्षेत्रका कर्मचारीले बिदा पाएका छन् । तर, निजी क्षेत्रका तर्फबाट सुरक्षा दिदै आएका सुरक्षा गार्डले भने बिदा पाएका छैन । उनीहरु यो अवस्थामा पनि सुरक्षाका लागि खटिरहेको संगठनका अध्यक्ष डल्लाकोटी बताउँछन्  । 

नेपालमा निजी क्षेत्रबाट बिभिन्न बैंक तथा वित्तिय संस्था, अन्य संस्था ,सरकारी, अर्ध सरकारी कार्यलय, उद्योग, कलकारखाना, अस्पताल, होटल, स्कूल, कलेज, कुटनैतिक नियोग लगायतका कार्यालयहरुमा २४ सै घण्टा आलोपालो गदै काम गदै आएका सुरक्षा गार्डलाई आवतजावतमा समेत समस्या भइरहेको उनले बताए ।

नेपाल प्रहरी, नेपाली सेना र सशत्र प्रहरी बल जस्तै निजी क्षेत्रबाट प्रदान गरिने सुरक्षा सेवा पनि अत्यावश्यक सेवाभित्र पर्ने संगठनको बुझाई छ । सुरक्षा गार्डले सरकारलाई सुरक्षाको क्षेत्रमा महत्वपुर्ण सहयोग पुर्याउंदै आएपनि उनीहरुको स्वास्थ्य र यस्तो महामारीका बेला आवश्यक सुविधा सरकारले नदिएको संगठनका अध्यक्ष डल्लाकोटीले बताए । 'आलोपालो मिलाई सुरक्षा गर्नुपर्ने सुरक्षा गार्डलाई कम्पनीका सञ्चालक,  कर्मचारीलाई नेपाल सरकारले सवारी साधन लिएर हिंड्न रोक लगाएका छन् । जसका कारण उनीहरुलाई काम र घरमा आउन जान समस्या भइरहेको छ ।' अध्यक्ष डल्लाकोटीले भने, 'सुरक्षा गार्डलाई आआफ्नो निवासबाट डियुटीमा आवतजावत गर्न वातावरण सरकारले बनाइ दिर्नुपर्छ । सुरक्षा ब्यबसायी संगठन नेपालले यो विषयमा सरकारलाई पटकपटक आग्रह गरेको छ ।'

निजी क्षेत्रबाट खटिने सुरक्षागार्डलाई रोजगारी तथा कार्य क्षेत्रसम्म आवतजावत गर्नको वातावरण मिलाइदिन सम्बन्धीत निकायलाई आग्रह गरेको उनको भनाई छ । हाल देश भर २ लाखभन्दा धेरै सुरक्षागार्ड कार्यरत रहेको संगठनले जानकारी दिएको छ । कोरोना भाइरसको महामारीमा पनि उनीहरुले काम गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की