२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा रहेका नेपाली विद्यार्थीलाई सघाउँदै इक्यान

२०७६, २४ चैत्र सोमबार ०२:५६

चैत २४, काठमाडौँ | नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले उच्चशिक्षाका लागि विदेशमा रहेका नेपाली विद्यार्थीलाई सहयोग गर्न आपतकालीन फारममार्फत् समस्या दर्ता लिन थालेको छ । उक्त फारममा संसारका कुनै पनि देशमा रहेका नेपाली विद्यार्थीले आफ्नो समस्या दर्ता गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विदेशमा अध्ययनरत विद्यार्थीहरु समस्यामा पर्न थालेपछि इक्यानले त्यस्ता विद्यार्थीलाई सहयोग गर्न ‘इक्यान कोभिड १९ आपतकालीन रजिष्ट्रेसन फारम’ को शुरुवात गरेको हो । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार विद्यार्थीलाई आइपर्ने समस्या समाधानका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सम्बन्धित देशका दूतावास, गैह्र आवासीय नेपाली सङ्घ (एनआरएनए), नेपालस्थित परामर्श सङ्घहरु, सम्बन्धित देशका परामर्श सङ्घ, कन्सलटेन्सी तथा विभिन्न सङ्घसंस्थासँग सहकार्य गरी सहयोग गरिनेछ ।

यसअघि नेपाल राष्ट्र बैंकले नेपालबाट अभिभावकले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बढीमा ५०० अमेरिकी डलर खर्च पठाउन सक्ने व्यवस्था भइसकेको छ । सो रकम बढाउन पनि इक्यानले माग गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै