२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साइप्रसमा एक नेपाली विद्यार्थीद्वारा अर्को नेपालीको हत्या, आरोपी आफैले प्रहरी बोलाए

२०७७, २४ बैशाख बुधबार १५:४३

वैशाख २४, साइप्रस | साइप्रसमा एक नेपाली युवाले अर्का नेपाली युवाको हत्या गरेका छन् । साइप्रस स्थित निकोसियाको इभ्रीगाउँमा एकै घरमा बस्दै आएका दुई नेपाली युवावीच आपसी विवादका क्रममा झगडा भएको बताइएको छ । 

झगडाको क्रममा चक्कु प्रहार भएको र चितवन रत्ननगर नगरपालिका घर भएका २१ बर्षीय युवाको मृत्यु भएको हो । घरको कामको बिषयमा झगडा भएको र चक्कु प्रहार गर्ने व्यक्ति पनि २१ बर्षियनै रहेको बताइएको छ । उनिहरु बिद्यार्थी भिषामा साइप्रस पुगेका थिए । 


स्थानीय संचार माध्यमका अनुसार चक्कु प्रहार गरि गम्भीर घाइते बनाएपछि आरोपीले स्थानीय प्रहरीसामु आफूले गरेको घटनाको जानकारी दिँदै आत्मसमर्पण गरेका थिए । 

चक्कु प्रहारबाट गम्भीर रुपमा घाइते भएका पिडितलाई उद्दार गरि अस्पताल पुर्याउदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएर आजै अदालतमा पेस गर्ने स्थानीय संचार माध्यमहरुले जनाएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ । 

माथिको तश्वीरहरुमा: मृतक 

यसै विषयलाई लिएर गैर आवासीय संघ साइप्रसले आफ्नो फेसबुकमा लेखेको छ 'गएरातिको घटनाले साइप्रस बासि सम्पूर्ण नेपालीहरू स्तब्ध भएका छन् भने नेपालीको नेपालीप्रतिको बिस्वासमा पनि खोट देखिएको छ । यो बिश्व महामारीको बेला मिलिजुली एकले अर्कालाइ सहायोग र सद्भाव गर्नुपर्ने बेलामा उल्टै मारेको खबरले हामी स्तब्ध मात्र होइन चिन्तित पनि छौ । अब कहाँ छ होला नेपाली पन नेपाली मन । मृतकप्रति हार्दिक श्रद्धाञ्जली, मृतात्माको चिर शान्तिको कामना ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै