२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालीको उद्धार गर्न माग राख्दै भारतीय नेता धर्नामा

२०७७, २७ बैशाख शनिबार १०:५२

शेरबहादुर सिंह | वैशाख २७, काठमाडौँ | क्वारेन्टाइनबाट निकालिएका १५० भन्दा बढी नेपाली मजदुरको व्यवस्थापन गर्न दबाबस्वरुप  भारतको उत्तराखण्ड प्रदेश कँग्रेस आइका महासचिव भुवन कापरी खटिमामा आज धर्नामा बसेका छन् । 

उत्तराखण्डको काशीपुर र रुद्रपुरमा १४ दिन क्वारेन्टाइन राखिएपछि क्वारेन्टाइन बसेको पत्र हातमा थमाउँदै नेपालीलाई त्यहाँबाट लखेटिएको थियो । करिब १०० किलोमिटर पैदल हिँडेर भारतीय बजार खटिमा पुगेका १५० भन्दा बढी नेपालीले कँग्रेस प्रदेश महासचिव कापरीले भोजनको व्यवस्थापनसमेत गरेका छन्  ।

“लखेटिएका नेपालीलाई पुनः त्यही क्वारेन्टाइनमा राख्नुपर्ने, क्वारेन्टाइन नबसेकालाई खटिमामै क्वारेन्टाइनमा राख्नुपर्ने र नेपाल सरकारले पनि आफ्ना नागरिक लैजान पहल गरोस् भनेर धर्नामा दिइयो ।” खटिमाको सञ्जयपार्क शहीद स्मृतिमा धर्नामा बसेका उनले भने, “खटिमा क्षेत्रमा अलपत्र नेपाली भारतका विभिन्न ठाउँबाट पैदल आउने क्रम रोकिएको छैन ।”

अलपत्र नेपाली खटिमाको बसपार्क, सडक छेउछाउमा आश्रय लिइरहेको छन् । उनीहरु कञ्चनपुर, जाजरकोट, कालिकोट, डडेल्धुरा, कैलाली र बैतडीका स्थानीयवासी रहेको बुझिएको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले सीमावर्ती भारतीय बजारमा नेपाली अन्यत्रबाट आइरहेको जानकारी प्राप्त भइरहेको बताए ।

“हाम्रो अफिसियल तथ्याङ्कअनुसार सीमावर्ती भारतीय बजार बनबासा र टनकपुर क्वारेन्टाइनमा २५१ नेपाली छन्”, उनले भने, “नेपाल ल्याउने विषयमा केन्द्रबाट केही निर्देशन आएको छैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा