२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दुबईका ७० प्रतिशत कम्पनी अबको ६ महिनामा बन्द हुने’

९ जेष्ठ २०७७, शुक्रबार ०७:२२

एजेन्सी । जेठ ९, काठमाडौं । दुबईको चेम्बर अफ कमर्सको एक सर्वेक्षणले कोरोना महामारीका कारण दुबईका करिब ७० प्रतिशत व्यवसाय अबको ६ महिनामा बन्द हुनसक्ने बताएका छन् । 

बिहिबार बेलुका यो सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । यसमा ‘दुबईका ९० प्रतिशत बढी कम्पनीका अनुसार सन् २०२० को पहिलो त्रैमासिकमा उनीहरुको बिक्रि र टर्नओभरमा भारी गिरावट आएको बताएको छ । दुबई चेम्बर अफ कमर्सका अनुसार महामारीका कारण भएको अन्तरराष्ट्रिय सुस्तताको सबैभन्दा धेरै असर साना तथा मझौला उद्योगमा परेको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित अधिकांश कम्पनी, रियल स्टेटको आधाभन्दा बढी कम्पनी, होटल–रेष्टुरेन्टसमेत रिटेल उद्योगसँग सम्बन्धित मानिसहरुले उनीहरुको काममा ७० प्रतिशतको गिरावट आइसकेको र दोस्रो त्रैमासिकको नतिजा थप भयावह हुने बताएका छन् ।

अनुसन्धानमा संलग्न भएका ४८ प्रतिशत कम्पनीले उनीहरुसँग यो महामारीबाट पार पाउनका लागि कुनै तयार योजना नभएको बताएका छन् । यद्यपि, यी कम्पनीले कोभिड–१९ को प्रकोपलाई सिमित गर्नका लागि उनीहरुले केही उपाय अपनाएको पनि बताएका छन् ।

दुबईस्थित कम्पनीमाथि कोरोनाभाइरस महामारीको असर कम गर्नका लागि के गर्न सकिन्छ, यसबारे दुबई चेम्बर अफ कमर्सले केही सुझाव पनि दिएका छन् । संस्थाले कम्पनीको कानूनी कारवाहीहरुबाट राहत पाउनुपर्ने, भाडामा केही छुट पाउनुपर्ने, कम्पनीसँग सम्बन्धित सरकारी खर्चलाई कम गर्नुपर्ने र सरकारी शुल्कमा माफीबाहेक उनीहरुलाई आर्थिक सहायताको आवश्यकता भएको बताएका छन् ।

संयुक्त अरब इमिरेट्समा आइतबार कोभिड–१९ का कारण थप चारजनाको मृत्यु भएको छ । स्थानीय स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टा कोरोना भाइरस संक्रमणका ८ सय ९२ नयाँ संक्रमित देखिएका छन् । यससँगै हालसम्म संक्रमणका करिब २७ हजार संक्रमित फेला परिसकेका छन् ।

स्रोतः बीबीसी


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो