२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार सरकारले कतारमा रहेका नेपालीका लागि एक लाख ३४ हजार डलर उपलब्ध गरायो

९ जेष्ठ २०७७, शुक्रबार १४:१४

जेठ ९, काठमाडौँ | कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर (करीब रु  एक करोड ६० लाख) बराबरको खाद्यान्न सहयोग उपलब्ध गराएको एनआरएनले जनाएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार सो खाद्यान्न सरकारले संस्थाको कतार शाखालाई हस्तान्तरण गरेको छ । पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सक्रियतामा  नेपाली श्रमिकलाई वितरण भइरहेको जानकारी दिनुभयो । एनआरएनका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत सात हजार पोका खाद्यान्न संघलाई दिएको हो ।

कतारमा करीब तीन लाख ५० हजार नेपाली रहेको अनुमान  छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले  बिहीबार प्रकाशन गरेको सूचनामा पछिल्लो २४ घण्टामा पाँच हजार ४५ जनामा जाँच गर्दा थप एक हजार ५५४ जनामा कोरोना संक्रमण भेटिएको जनाइएको संस्थाको कतार शाखाका अध्यक्ष मोहम्मद मुक्तदाले बताउनुभयो । तीमध्ये छ८८ जना निको भएको र एक जनाको मृत्यु भएको स्वास्थ मन्त्रालयले जनाएको मुक्तदाले जानकारी दिनुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो