२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ को औषधि विक्री गर्ने पहिलो देश बन्यो बंगलादेश

१२ जेष्ठ २०७७, सोमबार ०५:४६

जेठ १२, ढाका (बंगलादेश) । बंगलादेश कोरोना भाइरसको संक्रमणका कारण लाग्ने रोगको औषधि विक्री शुरु गर्ने विश्वमै पहिलो देश बनेको छ । आफूले अमेरिकी फर्मा कम्पनी गिलियाडको एन्टि भाइरल औषधि रेम्देसिभिरको जेनरिक संस्करण विक्री गर्न थालेको त्यहाँको बेक्जिमको फर्मास्युटिकल्सले बताएको हो । 

निजी क्लिनिकहरुलाई प्रति भाइल रेम्डेसिभिर करीब ६ हजार टाका (७१ अमेरिकी डलर)मा बेचिने कम्पनीका प्रमुख सञ्चालन अधिकृत राब्बुर रेजाले बताएका छन् । तर कोभिड–१९ का बिरामीहरुको उपचार गरिरहेका सरकारी अस्पताललाई भने औषधि निःशुल्क दिइने उनको भनाइ छ । कोभिड–१९ ले धेरै नै गाँजेका बिरामीहरुलाई कम्तिमा ६ भाइल औषधि चाहिने रेजाले बताएका छन् । 

विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को अधिनमा रहेर बंगलादेशले औषधि उत्पादनको अनुमति पाएको हो । कोभिड–१९ का बिरामीमा आपतकालीन प्रयोगका लागि अमेरिकी औषधि नियामकले यसको उत्पादनलाई अनुमति दिएको थियो । 

रेम्देसिभिरले मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने र कोरोना भाइरसलगायत भाइरसहरुसँग लड्ने क्षमता बढाउने विश्वसा गरिएको छ । कुनै देशको सरकारलाई औषधि चाहियो भने मात्रै निर्यात गरिने ब्रेक्जिमले बताएको छ । 

गिलियाडले पाँच औषधि निर्माता कम्पनीहरुलाई रोयल्टी बिना रेम्देसिभिरको उत्पादन गर्ने अनुमति दिएको छ । यी औषधिहरु १२६ देशमा निर्यात गर्ने अनुमति मिलेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो