२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थापाको कोरियामै अन्त्येष्टि

१२ जेष्ठ २०७७, सोमबार १५:३०

जेठ १२, सउल (रासस) | स्याङ्जा किचनासका  खड्गबहादुर थापा मगरको शव नेपाल लैजान नसक्दा आइतबार कोरियामै अन्त्येष्टि गरिएको छ । लकडाउनका कारण हवाई क्षेत्र पनि अवरुद्ध हुँदा ३३ वर्षीय थापाको कोरियाको इन्छन फेमिली पार्कको ह्वाजाङ शवदाहगृहमा विद्युतीय माध्यमद्वारा अन्त्येष्टि गरिएको हो । उनी गत वैशाख ३० गते सुतेकै अवस्थामा मृत भेटिएका थिए । 

अनुमति रोजगारी प्रणालीमार्फत रोजगारीका सिलसिलामा ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत थापा दोस्रो कार्यकालका लागि कोरिया आएका थिए । उनका परिवारमा आमा र  दुई दाजु छन् ।

थापाको कम्पनीमा उनीसहित पाँच नेपाली र तीन  चिनियाँ विदेशी कामदारका रुपमा कार्यरत थिए । अहिलेको कोरोनाका कारण विषम परिस्थितिमा उनको शव नेपाल ल्याउन असम्भव देखिएपछि परिवारको सहमतिमा कोरियामा नै अन्तिम दाहसंस्कार गरिएको नेपाल मगर संघ कोरियाका अध्यक्ष सिपी मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो