२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमिताभ बच्चनद्वारा गरिबलाई दैनिक ४५ सय प्याकेट खानेकुरा बाँड्दै

२०७७, १४ जेष्ठ बुधबार ०८:११

जेठ १४, मुम्बई । कोरोनाका कारण चलिरहेको लकडाउन पीडितहरूको सहयोगमा बलिउड कलाकारहरू लागिपरेका छन् । पीडितहरूको सहयोगमा जुटिरहेका बलिउडका फ्रन्टलाइन वारियरहरूमध्ये अभिनेता अमिताभ बच्चन पनि रहेका छन् ।


बच्चन सरकारसँगको सहकार्यमा कोरोना भाइरसबारे जनचेतना फैलाउन लागिपरेका छन् । भने सामाजिक सञ्जालमार्फत् दर्शकलाई सामाजिक दूरी र सेल्फ आइसोलेसनबारे पनि जानकारी दिइरहेका छन् । यसका साथै लकडाउनका कारण समस्यामा परेकाहरूको सहयोगमा पनि अमिताभ उतिकै सक्रिय छन् । बच्चन आफ्नो कम्पनी एबी कोर्प लिमिटेडका एमडी राजेश यादवमार्फत पीडितलाई सहयोग गरिरहेका छन् ।  

उनीहरूले मुम्बाईका विभिन्न ठाउँमा दैनिक ४५ सय प्याकेट पाकिसकेको खाना बाडिरहेका छन् । भने १० हजार परिवारका लागि महिनाभरीका लागि पुग्‍ने गरी राशन प्रदान गरिसकेका छन् । यसका साथै ९ मेदेखि प्रवासी मजदुरहरूका लागि हरेक दिन २ हजार ड्राई फुड, २ हजार पानीका बोटल र करिब १२ सय जोडी चप्पल सहयोग गरिरहेका छन् ।

मुम्बाईमा कामका लागि आइरहेका ती आप्रपासी मजदुरहरूलाई गाडीको बन्दोबस्त गरेर आ–आफनो गाउँ पठाउने काम पनि अमिताभको टिमले गरिरहेको छ भने विभिन्न एजेन्सीको सहयोगमा अस्पताल, पुलिस चौकी, बीएमसी अफिस र अन्तिम संस्कार गर्ने ठाउँमा २० हजारभन्दा धेरै पीपीई सेट पनि प्रदान गरिसकेको छ । (नवभारत टाइम्स)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै