२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक महिनादेखि कुवेतको सेल्टरमा ३ हजार बढी नेपाली अलपत्र

१६ जेष्ठ २०७७, शुक्रबार ०४:०९

योगेन्द्र योगी | जेठ १६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् । 

कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन् ।

एक महिनादेखि नेपालफिर्तीको पर्खाइमा रहेका बाग्लुङका याम बहादुर कुमालले आफूहरुको अबस्था नाजुकबन्दै गएको तथा खान, शौचालय लगायतको समस्या भएको भन्दै उद्धारको लागि पहलगरिदिन विभिन्न संचार मध्यममार्फत नेपाल सरकारलाई हारगुहार गरिरहेको तर कसैले पनि आफूहरुको गुनासो नसुनेको बताए ।


अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको कुमालले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले गरेको छ। 

यता, कुवेतस्थित नेपाली दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै उद्धार र आफूहरुको अबस्थाबारे नेपाल सरकार समक्ष पुर्याई दिन कुमालले अनुरोध गरेका छन् । सेल्टरमा रहेका केही नेपाली बिरामी भएको जनाउँदै चाडो भन्दा चाडो उद्दार गर्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।  


ठूलो संख्यामा स्कुल तथा क्याम्पमा बसेको कारण  खान, नुहाउन तथा धेरै दिदि बहिनीहरु बिरामी पर्ने थालेको काठमाडौँकी ज्योती पुनले बताइन् । बिरामी परे पनि अहिलेसम्म कसैको पनि स्वास्थ्य परीक्षण गरिएको छैन । 

"यहाँ धेरै दिदि बहिनीहरु बिमारी छन् अहिलेसम्म उनीहरुको स्वास्थ्य परीक्षण पनि गरिएको छैन एक महिना भैसक्यो कुनै अतोपत्तो छैन हामी के गर्ने कुवेतस्थित नेपाली दूताबासमा फोन गर्यो हाम्रो समस्या सुन्दैन हामी संगै बसेका अन्य देशका नागरिकहरु गइसके हामीलाई कहिले पठाऊ छ थाहा छैन पुनले भनिन् । "

इराकको सीमाना रहेका गुल्मीका रामचन्द्र भण्डारीले आफूहरुको अबस्था झन् नाजुक बन्दै गएको तथा खान,बाथरुमको लगायको समस्या भएको भन्दै उद्धारको लागि पहल गरिदिन आग्रह गरेका छन्  । उनीहरूका अनुसार चिसो खाना तथा चिसो सिमेन्ट सुत्नु पारेको कारण पनि बिरामी हुनेको सङ्ख्या बढ्न थालेको बताउछन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो