२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विभिन्न ८ देशबाट नेपालीहरु स्वदेश फर्काउने सम्बन्धमा पाकिस्तान स्थित दुतावासको सूचना

१७ जेष्ठ २०७७, शनिबार १५:५८

जेठ १७, काठमाडौँ | पाकिस्तानको इस्लामावाद स्थित दुतावासले विभिन्न ८ देशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउने निर्णय गरेको जानकारी दिएको छ । 

दुतावासले आज गराएको जानकारी अनुसार बन्दाबन्दीको कारण नेपाल फर्कन नपाएका र तत्काल नेपाल फर्कन चाहेका पाकिस्तान, इरान, टर्की, क्यारग्याज रिपब्लिक, तुर्कमेनिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताको आधारमा नेपाल फर्काउने भन्दै आफ्नो विवरण भर्न आग्रह गरिएको छ । दुतावासले नेपाल फर्कन चाहनेहरुले यसअघि इमेल, रजिष्ट्रेशन फाराम, टेलिफोन/मोवाइल/WhatsApp message मार्फत नाम टिपाइसकेका हरु सहित सबैले तलको लिंकमा गई आफ्नो विवरण जुन २ भीत्र भरेर बुझाउन अनुरोध गरेको छ । 

साथै पासपोर्ट नभएकाहरुले ट्राभल डकुमेन्टको लागि आफ्नो सम्पुर्ण विवरण [email protected][email protected] मा पठाउन समेत दुतावासले अनुरोध गरेको छ ।

फारम भर्ने लिंक: https://pk.nepalembassy.gov.np/registration-form-to-return-to-nepal/

दुतावासको सूचना अनुसार: 

विवरण अद्यावधिक भएपश्चात् मात्र प्राथमिकता निर्धारण, सम्बन्धित मुलुकबाट नेपालसम्मको हवाई उडान तथा अन्य आवश्यक प्रबन्ध गर्न सहज र सहयोग पुग्ने हुँदा यथाशक्य छिटो ठीक विवरण उपलब्ध गराई सहयोग हुन अनुरोध गरिन्छ। साथै, नेपाल फर्कने सम्बन्धमा देहायका व्यवस्था रहेको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छः

१. नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले अनिवार्य रुपमा 14 (चौध) दिनसम्म स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टिनमा वा आफ्नै खर्चमा तोकिएको होटलमा क्वारेन्टिनमा बस्नु पर्नेछ।

२. हवाई उडान खर्च र होटल क्वारेन्टिन खर्च लगायत सम्पूर्ण खर्च स्वदेश फर्कने व्यक्ति स्वयंले व्यहोर्नु पर्नेछ।

३. हवाई उडानबाट स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अघि कोभिड-19 संक्रमण नभएको स्वास्थ्य परीक्षण (पि.सि.आर./आर.डि.टि./अन्य परीक्षण) प्रतिवेदनको प्रमाण साथमा राख्नु पर्नेछ।

४. नेपाल जाने प्रत्येक व्यक्तिले तोकिएका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्नु पर्नेछ।

५. नेपाल प्रवेश गरेपछि प्रत्येक व्यक्तिले आफ्नो मोवाइलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको “हाम्रो स्वास्थ्य” एप डाउनलोड गरी क्वारेन्टिनमा रहँदाको अवधिको नियमितरुपमा स्वास्थ्य विवरण अद्यावधिक गर्नु पर्नेछ।

६. विदेशबाट जाने प्रत्येक यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा स्वास्थ्य स्वघोषणा फाराम भर्नु पर्नेछ र ज्वरो मापन गरिनेछ।100.40 भन्दा वढी ज्वरो आएकालाई आइसोलेसन कक्षमा र अन्यलाई होल्डिङ सेन्टरमा लगिनेछ।

७. प्रत्येक यात्रुलाई काठमाडौंमा रहेका होल्डिङ सेन्टरमा लगि आवश्यक प्रक्रिया पूरा भएपछि होटल क्वारेन्टिनमा बस्न स्वघोषणा गरेकाहरुलाई होटल क्वारेन्टिन जान र स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टिनमा जान स्वघोषणा गरेकाहरुलाई सोही बमोजिम सम्बन्धित जिल्लामा रहेका क्वारेन्टिनस्थलमा जाने व्यवस्था गरिनेछ।

८. हवाईसेवा, उडान तालिका, हवाई उडान खर्च, होटल क्वारेन्टिन खर्च लगायतका विवरण पछि जानकारी हुने व्यहोरा अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो