२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेका छौंः डोनल्ड ट्रम्प

२०७७, २४ जेष्ठ शनिबार ०५:३९

जेठ २४, काठमाडौं । एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले कोभिड–१९ संक्रमणबाट बच्नका लागि २० लाख भ्याक्सिन तयार गरेको दाबी गरेका छन् । उनले यी भ्याक्सिन प्रयोगका लागि तयार भएको बताउँदै वैज्ञानिकले यसको सुरक्षा र प्रभावकारीताबारे विश्लेषण गर्न मात्रै बाँकी भएको बताएका छन् ।

ट्रम्पले यो दाबी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । यद्यपि, ट्रम्पले कुन कम्पनी र कस्तो खालको भ्याक्सिनको कुरा गरेका हुन् भन्ने खासै जानकारी दिएनन् । उनले ती भ्याक्सिनको प्रयोग कहिलेदेखि सुरु हुन्छ भन्नेबारे निश्चित समयसीमा पनि तोकेका छैनन् ।

पत्रकार सम्मेलनमा उनको यस्तो बयानपछि अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले आफूले यसबारे टिप्पणी गर्न नसक्ने बताएका छन् ।यद्यपि, मंगलबार डाक्टर फाउचीले एक मेडिकल सेमिनारमा अर्को वर्षसम्म भ्याक्सिन तयार गर्ने आशा भने व्यक्त गरेका थिए ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकी प्रशासनले भ्याक्सिन बनाउनका लागि पाँच कम्पनीलाई काममा लगाएको छ । अमेरिकामा थुप्रै कम्पनी वैज्ञानिकको मञ्जुरी अघि नै ठूलो मात्रामा भ्याक्सिन बनाउने होडमा लागेका छन् । यीमध्ये मोडेर्ना, नोवाभ्याक्स र फाइजरजस्ता कम्पनी समावेश छन् ।

डाक्टर फाउचीले मंगलबार पत्रकारलाई यो रेसमा ‘मोडेर्ना’ सबैभन्दा अगाडि देखिएको बताएका छन् । स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै