२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा तीन नेपालीको मृत्यु, खाडीमा सय भन्दा बढी शव अलपत्र

२५ जेष्ठ २०७७, आईतवार ००:३३

योगेन्द्र योगी | जेठ २५, दोहा | रोजगारीको लागि कुवेत पुगेका तीन नेपाली कामदारको मृत्यु भएको छ । दैलेखका ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको के कारण मृत्यु भएको हो विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । 

मृतक चन्द लामो समय देखि कुवेतमा काम गर्दै आएका थिए । यता, लम्जुङका तेज गुरुङले पनि आत्माहत्या गरेका छन् । उनलाई  कोरोना पोजेटिभ देखिएर क्वारेन्टाइनमा राखिएको र त्यहिँ आत्महत्या गरेको जनाइएको छ । 

बाग्लुङ घर भएकी निर्मला पुन मगरको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको कारण मृत्यु भएको भनिए पनि आधिकारिक रुपमा पोष्टमाटमको रिपोर्ट आउन बाँकी रहेको दूताबासले जनाएको छ ।

कोरोनाको कारण उडानमा अस्थायी रोक लागेपछि बिदेशमा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको छ। कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण शव पठाउन समस्या भएको खाडीस्थित नेपाली दूताबासहरुले जनाएका छन् । 

नेपालमा अन्तर्राष्ट्रिय उडानमा अस्थायी रोक लागेपछिको अवधिमा कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

सचिब प्रबीण भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ । वैदेशिक रोजगारीमा कोरोना लगायत भिबिन्न कारणले ज्यान गुमाएका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ । 

त्यहाँस्थित दूताबासका अनुसार साउदीमा ३३,यूएईमा २१,कुवेतमा १० , बहराइन २ तथा ओमानमा एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेका छन् । नेपाली सरकार गएको चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण विदेशमा अलपत्र रहेका शव संगै समस्यामा रहेका नेपालीहरु फर्किन सकेका छैनन्। 

यता , सुक्रबार मात्र पहिलो चरणमा म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई काठमाडौंमा उतारी दिएको छ भने यूएईले पनि जहाज चार्टड गरेर एकसय ६८ जना नेपालीलाई नेपाल पठाएको छ ।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ भने दूतावासकाे सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो