२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा तीन नेपालीको मृत्यु, खाडीमा सय भन्दा बढी शव अलपत्र

२०७७, २५ जेष्ठ आईतवार ००:३३

योगेन्द्र योगी | जेठ २५, दोहा | रोजगारीको लागि कुवेत पुगेका तीन नेपाली कामदारको मृत्यु भएको छ । दैलेखका ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको के कारण मृत्यु भएको हो विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ । 

मृतक चन्द लामो समय देखि कुवेतमा काम गर्दै आएका थिए । यता, लम्जुङका तेज गुरुङले पनि आत्माहत्या गरेका छन् । उनलाई  कोरोना पोजेटिभ देखिएर क्वारेन्टाइनमा राखिएको र त्यहिँ आत्महत्या गरेको जनाइएको छ । 

बाग्लुङ घर भएकी निर्मला पुन मगरको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको कारण मृत्यु भएको भनिए पनि आधिकारिक रुपमा पोष्टमाटमको रिपोर्ट आउन बाँकी रहेको दूताबासले जनाएको छ ।

कोरोनाको कारण उडानमा अस्थायी रोक लागेपछि बिदेशमा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको छ। कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण शव पठाउन समस्या भएको खाडीस्थित नेपाली दूताबासहरुले जनाएका छन् । 

नेपालमा अन्तर्राष्ट्रिय उडानमा अस्थायी रोक लागेपछिको अवधिमा कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिब प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

सचिब प्रबीण भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ । वैदेशिक रोजगारीमा कोरोना लगायत भिबिन्न कारणले ज्यान गुमाएका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ । 

त्यहाँस्थित दूताबासका अनुसार साउदीमा ३३,यूएईमा २१,कुवेतमा १० , बहराइन २ तथा ओमानमा एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेका छन् । नेपाली सरकार गएको चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण विदेशमा अलपत्र रहेका शव संगै समस्यामा रहेका नेपालीहरु फर्किन सकेका छैनन्। 

यता , सुक्रबार मात्र पहिलो चरणमा म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई काठमाडौंमा उतारी दिएको छ भने यूएईले पनि जहाज चार्टड गरेर एकसय ६८ जना नेपालीलाई नेपाल पठाएको छ ।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ भने दूतावासकाे सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै