२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४५ देखि कुवेतको सेल्टरमा रहेका नेपालीहरुद्वारा आन्दोलन

२०७७, २६ जेष्ठ सोमबार ०९:२७

योगेन्द्र योगी | जेठ २६, दोहा | कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा आफूहरु अलपत्र परेको भन्दै आन्दोलन गरेका छन् । 

४३ दिन देखि अलपत्र अवस्थामा कुवेतको सेल्टरको क्वारेन्टाइनमा रहेक पाँच सयभन्दा बढी नेपालीहरुले मध्य आइतबार रातबाट  आन्दोलन सुरु गरेको गुल्मीका रामचन्द्र भण्डारीले जानकारी दिएका छन् । 

अलपत्र नेपालीहरुले कुवेत सरकार जिन्दाबाद नेपाली दूताबास मुर्दाबाद र केपी ओली मुर्दाबाद भन्दै नाराबाजी गरेको भण्डारीले बताए । नेपाल सरकारले बेवास्था गरेको र नेपाल सरकार सुतेको भन्दै कुवेत प्रहरीले पनि नाराबाजी गर्न छुट दिएको उनले बताए । 

लामो समय देखि सल्टरको क्वारेन्टाइनमा बसेका कारण धेरै नेपालीहरु बिरामी समेत परेको र पटक पटक नेपाल सरकारलाई उद्दार गर्न आग्रह गरेता पनि हाम्रो माग नसुनेको भन्दै आन्दोलन गर्न बाध्य भएको उनले बताए । 

कुवेतको इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारका लागि नेपाल सरकारलाई गुहारी रहेको भएपनि अहिलेसम्म उनीहरुको माग सुनुवाई भएको छैन ।


वैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले  गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको उनले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवानासमेत मिनाहा गरी आममाफी दिएको हो । 

अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडासमेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले जनाएले पनि अहिलेसम्म नेपाल सरकारले बेवास्था गरेको कारण बाध्य भएर आन्दोलन गर्नु परेको आन्दोलनमा सहभागीहरुको भनाइ रहेको छ । यस बारे कुवेतस्थित नेपाली दूताबाससंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन् सकेन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै