२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले चार चरणमा प्रतिबन्ध हटाउने, अगष्ट १ देखि कतार आउन पाइने

२०७७, २७ जेष्ठ मंगलवार ०१:४७

योगेन्द्र योगी | जेठ २७, दोहा | कोरोना भाइरसको जोखिम कम गर्न कतारले विभिन्न क्षेत्रमा लगाउदै आएको प्रतिबन्ध चार चरणमा तीन महिना भित्र क्रमिक रुपमा हटाउने भएको छ । 

बिशेष सावधानी अपनाउदै सेप्टेम्बरसम्म मुलुकलाई सामान्य तर्फ लैजाने विपत ब्यबस्थापन समितिकी प्रवक्ता लोल्वाह बिन्त रशिद अल खतेरले पत्रकार सम्मेलन मार्फद जानकारी दिएकी छिन् । 

पहिलो चरणमा जुन १५ देखि केहि मस्जिदहरु, केहि सपिङ्ग सेन्टरहरु केहि पार्कहरु, केही निजी स्वास्थ्य सस्थाहरु लगायत खोलिने छ । २० प्रतिसत कामदारहरूले सबै सावधानीका आवश्यकताहरूका साथ काम शुरू गर्ने छन् । 

कतार बाहिरको यात्रामा अत्यन्त जरुरी भएमा र जो कोही दोहा फर्किएमा उनीहरूले व्यक्तिगत खर्चमा १४ दिनसम्म होटल क्वारेन्टाइनमा बस्नु पर्ने छ ।

दोश्रो चरण जुलाई १ देखि सीमित घण्टाको लागि महलहरू खोलिने छ भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि बजारहरू खुल्दै जाने छन् । कम क्षमताको साथ सिमित रेस्टुरेन्टहरू खोलिने छन् भने सीमित क्षमता र विशिष्ट घण्टाको लागि संग्रहालय र पुस्तकालयहरू खोलिने छ ।

तेश्रो चरण अगष्ट १ देखि बिमानस्थल, किनमेल गर्ने सम्पूर्ण मार्केटहरु, स्वास्थ्य क्लब, फिटनेस हल, पौंडी पोखरी, सैलुन र मसाज केन्द्रहरू खोलिने छ भने कोराना भाइरस कम भएका देशहरुबाट छुट्टी रहेका कामदारहरु कतार फर्किन पाउने छन् भने आएपछि १४ दिनसम्म अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ ।


यी प्रतिबन्ध हटेपनि अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ भने सामाजिक दुरी पनि कायम गर्नु पर्ने छ । चौथो चरणमा स्थिति सामान्य बन्दै गएपछि सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाइने प्रवक्ता अल खतेरले बताइन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै