२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव ओसारपसार संलग्न आरोपपछि एनआरएनए एनसीसी माल्टाका पदाधिकारीद्वारा संयुक्त राजीनामा

२०७७, २८ जेष्ठ बुधबार ०५:५५

जेठ २८, काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) माल्टाका पदाधिकारीहरूले संयुक्त राजीनामा दिएका छन् । मानव ओसारपसारको आरोप लागेपछि उनीहरूले संयुक्त राजीनामा दिएको एनआरएनए एनसीसीले जानकारी दिएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गत ९ मे २०२० मा एनआरएनए एनसीसी माल्टाका धेरै पदाधिकारी मानव ओसारपसार कार्यमा संलग्न भएको, धेरै नेपाली पीडित रहेको जस्ता गम्भीर विषयलाई छानविन गर्न एक समिति गठन गरेको थियो ।

गैरआवासीय नेपाली संघको युरोप क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) नारायाण आचार्यको संयोजकत्वमा गठित ५ सदस्य छानविन समितिमा क्षेत्रीय उपसंयोजक मुक्तबहादुर गुरुङ, कृष्ण तिमल्सिना र शुक्रराज न्यौपानेका साथै आइसीसी सदस्य रामशरण सिम्खडा समेत थिए । 

छानविनबाट आएको निष्कर्ष र विषयलाई सहज बनाउनको लागि एनआरएनए एनसीसी माल्टाको निर्वाचित सिंगो टिमले नै संयुक्त रुपमा राजीनामा दिएको छ ।  थुप्रै प्रयास र अनुसन्धानपछि सो नतिजामा पुगिएको र एनआरएनए एनसीसी माल्टाले सबै कुरामा सहयोग गरेको पनि आरसी नारायण आचार्यले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै