२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुरुन्डीका राष्ट्रपति कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन

२०७७, २८ जेष्ठ बुधबार ०६:१०

जेठ २८, काठमाडौं। एजेन्सी । अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा सुधार देखिएको थियो । तर सोमबार हृदयघात भएपछि उनको निधन भएको हो । बुरुन्डी सरकारले उनलाई बचाउन गरिएका सबै प्रयास असफल भएको जनाएको छ । 


कतिपयले उनको मृत्यु कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको हुन सक्ने आशंका गरेका छन् । तर आधिकारीहरुले कोरोनाका कारण उनको मृत्यु भएको कुरा अस्वीकार गरेका छन् । १५ वर्षदेखि बुरुन्डीको सत्तामा रहेका उनको अगस्टमा पदावधि सकिदै थियो । सन् २०१५ मा उनले तेस्रो कार्याकालका लागि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद सिर्जना हुनुका साथै असफल ‘कू’ को प्रयास भएको थियो ।

विवाद हिंसात्मक बन्दा सयौंको मृत्यु भएको थियो भने हजारौंले देश छाड्नुपरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै