२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल फर्कन यी मितिमा हुँदैछन् उडानहरु, कति पर्छ हवाईभाडा ? (सूचना सहित)

२९ जेष्ठ २०७७, बिहीबार ०३:४४

जेठ २९, काठमाडौँ | मलेसियाबाट बिभिन्न चार उडान मार्फत नेपालीहरु ल्याउन मलेसिया स्थित नेपाली राजदुतावासले सूचना जारी गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका जोखिमका बीच नेपाल सरकारले समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने निर्णय गरेसंगै नेपालीलाई ल्याइने भएको हो । 

दुतावासले सूचनामा उल्लेख गरेको छ 'कोभिड १९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश, २०७७' बमोजिम मलेसियामा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकहरुलाई नेपाल फर्काउनको लागि नेपाल सरकारले क्वालालाम्पुरबाट काठमाडौँको लागि पहिलो चरणमा निम्न अनुसारका चारवटा उडानहरुको तय गरेको छ:

१५ जुन २०२० – नेपाल एयरलाइन्सको A320 विमान

१८ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

२० जुन २०२० -  नेपाल एयरलाइन्सको A330 विमान

२१ जुन २०२० – हिमालयन एयरलाइन्सको A320 विमान

प्राथमिकता क-कसलाई ? 

दुतावासले जारी गरेको सूचना अनुसार दुतावासको फेसबुक र वेवसाइटमा जारी गरिएको फारमको आधारमा नेपाल ल्याइनेहरुको प्राथमिकता निर्धारण गरिने उल्लेख छ । साथै प्राथमिकतामा परेकाहरुको सूची दुतावासले प्रकाशन गर्नेछ । त्यहि सूचीमा परेका नामहरुले सम्बन्धित एयरलाइन्ससँग टिकट खरिद गर्नुपर्नेछ । 

दुतावासले सूचनाको बुदा नम्बर ७ मा उल्लेख गरेको छ 'मलेसियाको कानुन अनुसार अवैधानिक भई बसेका व्यक्तिहरुको लागि मलेसिया सरकारले आममाफीको कार्यक्रम नगरेकाले त्यस्ता व्यक्तिहरु हाल यी उडानहरु मार्फत नेपाल फिर्ता हुन सक्ने छैनन् । 

दुतावासको अनुसार  सुत्केरी, गर्भवती र विरामी महिला, सिकिस्त विरामी परेका पुरुष, अध्ययन समाप्त भएका विद्यार्थी र व्यापारिक तथा पर्यटक भिषामारही भिषा समाप्त भएका, रोजगारी भिषामा रही भिषा अवधि समाप्त भएका, कोभिडको कारण रोजगारी गुमाएका सहित बिभिन्न ९ प्रकारका समस्यामा परेका व्यक्तिहरुलाई निर्धारित विमान मार्फत नेपाल फिर्ता हुन प्राथमिकता दिइनेछ । 

टिकट मूल्य २२२० रिंगिट, स्वास्थ्य परीक्षण अनिवार्य  

दुतावासले जारी गरेको सूचना अनुसार टिकट मूल्य ५२० अमेरिकी डलर अर्थात मलेसियन रिंगिट २२२० तोकिएको छ । साथै विमानमा फर्कन चाहने नेपालीहरुसँग पछिल्लो ७ दिनको कोभिड-१९ संक्रमण भएनभएको एकिन हुने स्वास्थ्य परिक्षण गरेको रिपोर्ट अनिवार्य हुनुपर्नेछ । 

दुतावासले ध्यानाकर्षण गराउदै सूचनामा उल्लेख गरेको छ 'समयमै टिकट खरिद नगरेमा प्राथमिकता अनुसार पछीका यात्रूलाई टिकट खरिद गर्ने अवसर प्राप्त हुनेछ ।' 

सूचना हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो