जेठ २९, काठमाण्डौ | सरकारले विभिन्न देशमा कोरोना संक्रमणको कारण समस्यामा परेका नेपालीहरुको स्वदेश फिर्तीका लागि उडान तालिका र भाडादरहरु तय गरेको छ ।
विदेशबाट पहिलो चरणमा प्राथमिकता अनुसार फिर्ता ल्याइने भनिएको २४ हजार १४८ जना नेपालीहरुको स्वदेश फिर्तीको लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड १९ व्यवस्थापन केन्द्रलाई बुझाएको हो । जस अनुसार जेठ ३२ गतेदेखि असार ११ गतेसम्म पहिलो चरणको उडान तालिका तय भएको छ ।
नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिईएको छ भने आवश्यकता अनुसार बिदेशी एयरलाइन्सले समेत उडान भर्नेछन् । पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको छ । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान गर्नेछ भने हिमालय एयरलाइन्सले १९ उडान गर्ने छ । बाँकी २४ उडान विदेशी जहाजले भर्नेछ ।
आज बिभिन्न दुई जहाजबाट कुवेतमा आममाफीमा सहभागी तीन सय नेपाली महिला स्वदेश फिर्ता हुँदैछन् । उनीहरुलाई कुवेत सरकारलेनै फिर्ता पठाएकोले कुनै खर्च लाग्दैन । यस बाहेक असार २, ५, ७ र १० गते उडानहरु हुनेछन् ।
कुवेतदेखि काठमाडौँसम्मको भाडादर: ५७० अमेरिकी डलर
कतारमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार २, ३, ६ र ८ गते स्वदेश ल्याइने तय भएको छ ।
कतारको दोहादेखि काठमाडौँसम्मको भाडादर – ६३० अमेरिकी डलर
युएईमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार २, ४, ६ र ९ गते उडान तय भएको छ ।
यूएईको दुबई, आबुधाबी र सारजाहदेखि काठमाडौँसम्मको भाडादर: ५०० अमेरिकी डलर
मलेसियामा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा असार १, ४, ६ र ७ गते उडान हुदैछ । यी ४ दिनको उडान मध्ये दुई उडान नेपाल एयरलाइन्सले भर्नेछ भने बाँकी दुई उडान हिमालय एएरलाइन्सले भर्नेछ ।
मलेसियाको क्वाललम्पुरदेखि काठमाडौँसम्मको भाडादर: ५२० अमेरिकी डलर
साउदीमा समस्यामा परेका नेपालीहरुलाई प्राथमिकताको आधारमा स्वदेश ल्याउन असार १, ४, ५ र १० गते उडानहरु हुने भएका छन् ।
साउदीको दमामदेखि काठमाडौँसम्मको भाडादर: ५९० अमेरिकी डलर
साउदीको जेद्दादेखि काठमाडौँसम्मको भाडादर: ७७० अमेरिकी डलर
बहराइनमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार ३ गते उडान तय भएको छ ।
बहराइनदेखि काठमाडौँसम्मको भाडादर: ५४५ अमेरिकी डलर
ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ ।
ओमानदेखि काठमाडौँसम्मको भाडादर: ५१० अमेरिकी डलर
बंगलादेशबाट – जेठ ३२ गते (१६५ अमेरिकी डलर)
माल्दिभ्सबाट – असार १, २ र ९ गते (५०५ अमेरिकी डलर)
सिंगापुरबाट – असार १ गते (५५० अमेरिकी डलर)
कम्बोडियाबाट – असार १ गते (४०० अमेरिकी डलर)
श्रीलंकाबाट – असार २ गते
अष्ट्रेलियाबाट – असार ३ र ८ गते
थाइल्यान्डबाट – असार ३ र ८ गते (३९० अमेरिकी डलर)
बंगलादेशबाट – असार ३ गते
अमेरिकाबाट – असार ३ गते
जापानबाट – असार ५ र ९ गते (९३५ अमेरिकी डलर)
नाइजेरियाबाट – असार ५ गते
साइप्रसबाट – असार ६ र ११ गते (८७५ अमेरिकी डलर)
बंगलादेशबाट – असार ६ गते
युरोपियन युनियनबाट – असार ६ गते
दक्षिण कोरियाबाट – असार ७ गते
पाकिस्तानबाट – असार ८ गते
युगान्डाबाट – असार ११ गते
इजरायलबाट – असार ११ गते