२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतले कोरोना समेत परीक्षण गराएर निशुल्क नेपाल ल्याईदियो (८ तश्विरसहित)

२९ जेष्ठ २०७७, बिहीबार १५:३४

जेठ २९, काठमाडौँ | कुवेतमा आममाफी पाएर आज स्वदेश फर्किएका १०२ नेपालीलाई यहाँको होल्डिङ सेन्टरमा ल्याइएको छ । नेपाली सेना वीर दल गणको समन्वयमा त्रिभुवन विमानस्थलबाट सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वैट र प्रदेश नं २ का नागरिकलाई मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वैटको होल्डिङ सेन्टरमा ल्याइएको हो । 

कुवेतले आफ्नै जहाज जजिरा एअरलाइन्समार्फत त्यहाँ आममाफी पाएका नेपालीलाई कोरोना परीक्षणसमेत गरेर नेपाल ल्याइदिएको छ । लकडाउनपछि पहिलो पटक कुवेतबाट पहिलो उडानमार्फत १५० र दोस्रो उडानबाट १५० जना गरी जम्मा ३०० नेपाली महिला स्वदेश फर्किएका छन् ।

तीमध्ये त्रिभुवन विमानस्थलबाट प्रदेश नं १ मा पहिलो उडानबाट ३८ र दोस्रो उडानबाट ५४ महिला तथा प्रदेश नं २ मा पहिलो उडानबाट छ र दोश्रो उडानबाट चार महिला भक्तपुरको होल्डिङ सेन्टरमा ल्याइएको हो । 

उनीहरुलाई होल्डिङ सेन्टरमा केही घण्टा आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्ला पठाइएको वीर दल गणका गणपति कर्नेल शिव पौडेलले जानकारी दिनुभयो । यहाँबाट गएकाहरु आ–आफनो जिल्ला पुगेपछि होम क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

स्वदेश फर्किएकालाई आवश्यक पैसा साट्नुपरेमा राष्ट्रिय वाणिज्य बैंक सूर्यविनायक शाखाले होल्डिङ सेन्टरमा काउण्टरको व्यवस्था गरेको र नेपाल टेलिकमले निःशुल्क सिम कार्ड वितरण गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनु्भयो ।

सेन्टरमा वीरदल गण सूर्यविनायकले व्यक्तिगत विवरण सङ्कलन गरी शरीरको तापक्रम मापन गरेको थियो । उनीहरुलाई सेन्टरमा केही समय आराम गराई खाना खुवाएर सम्बन्धित प्रदेशमार्फत जिल्लामा पठाइएको छ । 

कुवेतले भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जरिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो । 

कुवेतले गत अप्रिल २६ देखि ३० सम्म नेपालीलाई आममाफीमा सहभागी गराएको थियो । कुवेतले आममाफीमा सहभागी भएकालाई आफ्नै खर्चमा सेल्टरमा राखेर खानाको समेत व्यबस्था गर्दै आएका दुई हजार ९९१ जनाको सूची नेपाल फर्काउन दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको बताइएको छ । रासस

तश्वीरहरु: 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली ।  रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् । तस्वीरः प्रदीपराज वन्त/रासस

कुवेतबाट बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाली  बसबाट होल्डिङ्ग सेन्टर जाँदै  । तस्वीरः प्रदीपराज वन्त/रासस

कुवेतबाट स्वदेश फर्केका नेपालीहरु  बिहीबार त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको कफी सपमा खानेकुरा किन्दै । तस्वीरः प्रदीपराज वन्त/रासस

त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली महिला । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार कुवेत सरकारको सहयोगमा उनीहरु बिहीबार नेपाल फर्केका हुन् । तस्वीरः प्रदीपराज वन्त/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो