२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले तोकेको भन्दा 211$ सस्तो भाडादरमा नेपालीलाई स्वदेश फर्काउँदै दूतावास

३० जेष्ठ २०७७, शुक्रबार ०८:१८

योगेन्द्र योगी | जेठ ३०, दोहा | नेपाल सरकारले आफ्नो नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन तोकेको भाडादर महँगो भएको भन्दै ओमानस्थित नेपाली दूतावासले सस्तो भाडादरमा नेपालीहरुलाई स्वदेश फर्काउन लागेको जनाएको छ ।

दूतावासका अनुसार सरकारले तोकेको ५१० अमेरिकी डलर अर्थात करिब नेपाली रुपैयाँ ६२ हजार धेरै महंगो भएको र  पीडितहरु नेपाली श्रमिकहरुले महँगो भाडा तिर्न गारो हुने भन्दै सस्तोदरमा नेपाल पठाउन तयारी थालेको छ । 

ओमानबाट स्वदेश फर्कनेले ११५ रियलभन्दा बढी तिर्नुपर्दैन । अमेरिकी २९९ डलर अर्थात करिब ३४ हजार नेपाली रुपैयाँमा  स्वदेश फर्कन सक्ने दूताबासले जनाएको छ । 

नेपाल सरकारको सूची अनुसार ओमानबाट स्वदेश फर्कन चाहने व्यक्तिले ५१० अमेरिकी डलर अर्थात करिब ६२ हजार रुपैयाँ भाडा तिर्नुपर्ने उल्लेख गरिएको थियो । ओमानबाट पहिलो जहाज असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश दूताबासले जनाएको छ । 

त्यसैगरी,  दोस्रो उडान आउँदो जुन २१ अर्थात असर ८ मा सलाम एअर मार्फतै हुने गरी तय भएको दूताबासले जनाएको छ । उक्त उडानको पनि एकतर्फी हवाइभाडा ११५ ओमानी रियल तोकिएको छ ।

सम्बन्धित सबैले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा वा दूतावासको जानकारीमा भएबमोजिम तपसिलको तालिकामा उल्लेख गरिएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोरोना परीक्षण गरि रिपोर्ट नेगेटिभ हुनेहरूले सलाम एअरको कलसेन्टर २४२७२२२२ मा फोन गरी टिकट खरिद गर्न सकिने दूताबासले जनाएको छ । 

कोरोनाको पीसीआर जाँचमा नेगेटिभ रिपोर्ट आएकाहरु नेपाल आएर क्वरेण्टीनमा बस्न नपर्ने र सिधै घर जान पाईने दूतावासले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो