२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वदेश फर्कन चर्को भाडादरको विरोध गर्दै मलेसिया दुतावासमा २२ संघ-संस्थाद्वारा ज्ञापनपत्र

२०७७, ३० जेष्ठ शुक्रबार ११:२६

जेठ ३०, काठमाडौँ | कोरोना भाइरसको कारण बिभिन्न देशमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ताको लागि नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती चौतर्फी आलोचना भईरहेका बेला मलेसियाका नेपाली संघ-सस्थाहरुको पनि ध्यानाकर्षण भएको छ ।

मलेशियामा अलपत्र नेपालिहरुको उद्दारका सम्बन्धमा नेपाल सरकार मन्त्रीपरिषदले निर्णय गरेको चार्टर विमान भाडादर प्रती मलेशियामा स्थापित विभिन्न २२ नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा दुतावास समक्ष संयुक्त  ज्ञापनपत्र बुझाएका छन् । 


मलेसियास्थित नेपाली राजदुत उदयराज पाण्डेसमक्ष पेश भएको ज्ञापन पत्रमा भनिएको छ 'कोभिड १९ को महामारीबाट पिडित प्रवासमा रहनुहुने नेपालीहरुको उद्दारका लागि नेपाल सरकारको निर्णय अनुसार केहि उडानहरु व्यवस्था गरेकोमा धन्यवाद दिन चाहन्छौं । प्राथमिकतामा पर्नुहुने यात्राको लागि नेपाली श्रमिकहरुले आफै हवाई टिकट काटी जानुपर्ने बाध्यतामा मलेसियाका लागि तोकिएको USD 520 नेपाली श्रमिकहरुको हकमा मूल्य अत्याधिक बढी भएकाले गैर आवासीय नेपाली संघ तथा मलेसियामा क्रियाशील विभिन्न संघ, संस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।' 

ध्यानाकर्षणमा अगाडी उल्लेख छ 'सरकारले उद्दारको वहानामा अलपत्र कामदारमाथी व्यापार गर्ने गरी चर्को मूल्य निर्धारण गरेको हुँदा यो बारेमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल सरकारले निर्धारण गरेको भाडादर पिसिआर टेष्ट, क्वारेन्टाइन खर्च सबै जोड्दा १ लाख १५ हजार नेपाली हुन आउँछ ।'

तल हेर्नुहोस नेपाली संघ-सस्थाहरुले गैर आवासीय नेपाली संघको नेतृत्वमा बुझाएको ज्ञापनपत्र:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै