२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारको यस्तो निर्णय

२०७७, ३० जेष्ठ शुक्रबार १५:२७

जेठ ३०, काठमाडौँ | विदेशबाट स्वदेश फिर्ताको विषयमा चौतर्फि विरोध भएपछि सरकारले सस्तो भाडादरमा दुतावास आफैले संयोजन गरेर नेपालीहरुलाई स्वदेश फर्काउन सक्ने निर्णय गरेको छ । आज बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि सरकारले नेपालीलाई आफ्नो देश फिर्ता ल्याउनको लागि स्वदेशका एयरलाइन्सलाई पहिलो प्राथमिकता दिएर बिदेशी एयरलाइन्सलाई समेत उडान भर्न पाउने अनुमति दिएको थियो । सरकारको यसअघिको निर्णय अनुसार पहिलो चरणमा ३० देशबाट नेपालीलाई ल्याउन ६७ वटा उडान हुने तय गरिएको थियो । जस मध्ये नेपाल एयरलाइन्सले २४ उडान, हिमालय एयरलाइन्सले १९ उडान र बाँकी २४ उडान विदेशी जहाजले भर्ने निर्णय भएको थियो ।

तर यस विषयमा चौतर्फी आलोचना र विरोध तथा दुतावास आफैले पठाएको अवस्थामा कम शुल्कमै नेपाल ल्याउन सक्ने देखिएपछि सरकार आफ्नै निर्णयबाट पछि हटेको छ । तोकिएको भाडादर निकै महँगो भएको भन्दै चौतर्फि विरोध भएपछि सिसिएमसीले दुतावासको संयोजनमा सस्तो उडान हुनेगरी जुनसुकै एयरलाइन्सबाट नेपालीको उद्धार गरी स्वदेश ल्याउन सकिने व्यवस्था गरेको छ ।

पछिल्लो निर्णयसंगै दुतावासले सरकारले तोकेको भन्दा न्यून शुल्कमा नेपालीहरु नेपाल फिर्ता हुनसक्ने भएका छन् । 

दुतावासको पहलमा टिकट खर्च सरकारले तोकेभन्दा २५ हजार सस्तो 

ओमान स्थित नेपाली दूतावासले सरकारले तोकेभन्दा कम शुल्कमा आफ्ना नागरिकलाई स्वदेश फर्काउने जनाएको छ । दूतावासले विदेशमा अलपत्र परेका नागरिकलाई सरकारले तोकेभन्दा कम शुल्कमा स्वदेश फर्काउने भएको हो । 

सरकारले ओमानबाट नेपालको भाडा करिब ६१ हजार नेपाली रुपैयाँ तोकेको छ । तर, दूतावासले समस्यामा परेका नेपालीले त्यति महँगो रकम तिर्न नसक्ने भन्दै ११५ ओमानी रियलमा नेपाल ल्याउने भएको हो । यो रकम नेपाली रु ३६ हजार हुन्छ । ओमानस्थित दुतावासले सरकारले तोकेको भन्दा २५ हजार सस्तोमा कामदारलाई नेपाल फिर्ता ल्याउने जनाएपछि नेपालीहरुले दुतावासलाइ धन्यवाद दिएका छन् । ओमानबाट असार १ गते सलाम एयरमार्फत १८० नेपालीहरु स्वदेश फर्कँदैछन् । ओमानमा समस्यामा परि स्वदेश फिर्ता हुन चाहने नेपालीहरुको लागि असार १, ४ र ७ गते उडान हुने तय भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै