२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारबाट स्वदेश फर्कनैपर्ने नेपालीहरुको विवरण सार्वजनिक (नामावली सहित)

२०७७, ३० जेष्ठ शुक्रबार १६:२९

जेठ ३०, काठमाडौँ | विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको महामारीको कारण कतारमै रोकिएका नेपालीहरुलाई स्वदेश फिर्ता गराउने सम्बन्धमा कतार स्थित नेपाली दुतावासले सूचना जारी गरेको छ । 

दुतावासले कतारमा रोकिएर स्वदेश जान नपाएका नेपालीहरुलाई प्राथमिकताको आधारमा फर्काउन लागेको जानकारी दिँदै १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु र १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु हुने जनाएको छ ।  

कतारस्थित दुतावासले पछिल्लो पटक जारी गरेको सूचना हेर्नुहोस् 

दुतावासले नेपाल फर्कनै पर्ने नेपालीहरुको विवरण (११ जून २०२० सम्म प्राप्त) लाई आधार मानी ५११२ जनाको नाम सार्वजनिक गरेको छ ।

तलको लिंकमा क्लिक गरि नामावली सहित विवरण हेर्न सक्नुहुनेछ 

https://docs.google.com/spreadsheets/d/1LOhDDLhddeMRkE-XEe2zKru996at76yKGhqcBIQEhvI/edit?usp=sharing

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७७।२।१२ को निर्णयबाट जारी भएको ‘कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७‘ अनुरुप तेश्रो मुलुकबाट स्वदेश फर्कनैपर्ने नेपालीको सम्बन्धमा कतारमा रहनुभएका नेपाली नागरिकहरुलाई स्वेदश फर्काउनका लागि दोहा-काठमाण्डौ सेक्टरका लागि पहिलो चरणमा निम्नबमोजिम 4 वटा हवाई उडानहरुको सूची स्वीकृत गरेको छः

क. १६ र २० जुन २०२० मा नेपाल एयरलाइन्सका २ उडानहरु

ख. १७ र २२ जुन २०२० मा हिमालय एयरलाइन्सका २ उडानहरु

उल्लेखित उडानहरुबाट हुने उद्दार कार्यका लागि देहाय अनुसार व्यवस्था गरिनेछ :

१. हालसम्म नेपाल फर्कनैपर्ने भनी राजदूतावासको फाराम भरेर तथा अन्य माध्यमबाट नाम तथा विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरुको सूचि https://docs.google.com/…/1LOhDDLhddeMRkE-XEe2zKru996…/edit… यसैसाथ प्रकाशित गरिएको छ ।

२. उक्त सूचिमध्ये प्राथमिकतामा पर्ने नागरिकहरुलाई राजदूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।

३. हवाई टिकटको मूल्य अमेरिकी डलर ४९० तोकिएको छ ।

४. प्राथमिकतामा परेका यात्रुको नामावली सहित उडान अनुमतिको प्रक्रिया पूरा भएपछि वहाँहरुको नामावली प्रकाशित गरिनेछ र हवाइटिकट खरिद गर्न सूचित गराइनेछ । हवाइटिकट खरिद गर्ने स्थान तथा सम्पर्क विवरण सोही बखतमा जानकारी गराइनेछ ।

५. हवाई उडान गर्नु अघि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण गर्ने सम्बन्धमा थप जानकारी पछि उपलब्ध गराइनेछ ।

६. कतारको प्रचलित कानून अनुसार हवाई उडानको लागि अनुमति नपाएका व्यक्तिहरुको हकमा राजदूतावासले सम्बन्धित निकायमा आवश्यक समन्वय र सहजीकरणको लागि पत्राचार गर्नेछ । उक्त निकायहरुबाट आवश्यक प्रक्रिया पूरा भएपछि वहाँहरुलाई त्यसपछिका उडानहरुमा समावेश गरिनेछ ।

७. विभिन्न प्राविधिक कारणहरुले उडानको मिति हेरफेर हुन सक्ने छ ।

८. राजदूतावासले माथि उल्लेखित सूचिबाट निम्न बमोजिम प्राथमिकताको आधार तय गरेको छ :

· आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानु पर्ने

· सुत्केरी तथा गर्भवति महिला

· कोभिड-१९ बाहेक अन्य कारणले गम्भिर स्वास्थ्य समस्या भएका

· बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्ति

· अध्ययन समाप्त भएका विद्यार्थी इन्टर्न समेत

· पारिवारिक पुनर्मिलनका लागि आएका

· पर्यटक तथा व्यापारिक भिसामा आएका

· श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका

· कतार आई डी/भिसा समाप्त भएका वा आई. डी. रद्द भएका

· बेतलबी बिदामा रहेका

आममाफी पाएका तथा डिपोर्टेशन केन्द्रमा रहेका नेपालीहरुलाई कतार सरकारले आफ्नै विमानमार्फत नेपाल फर्काउने प्रक्रिया अघि बढाएको हुँदा सोही बमोजिम हुनेछ ।

विषम परिस्थितिका बाबजुद स्वदेश फिर्तिका लागि हालसम्म धैर्यतापूर्वक प्रतिक्षा गर्नुभएकोमा राजदूतावास सबैप्रति कृतज्ञता व्यक्त गर्दछ । माथि उल्लेखित सूचिमा पर्नुभएका व्यक्तिहरुले धैर्यतापूर्वक आफ्नो पालोको प्रतीक्षा गरिदिनुहुन दूतावास हार्दिक अनुरोध गर्दछ । आवश्यकता अनुरुप र प्राथमिकताका आधारमा दूतावासले सूचनामार्फत वा प्रत्यक्ष रुपमा आफै सम्पर्क गर्नेछ ।

कतारमा समस्यामा परेका बढीभन्दा बढी नेपाली नागरिकहरुको स्वदेश फिर्ति प्रक्रिया सहजीकरण गर्न राजदूतावास प्रयत्नशील छ ।

दोस्रो चरणको हवाइ उडानहरु घोषणा भएपछि माथि उल्लेखित प्रकृयाबाट प्राथमिकतामा पर्ने नागरिकहरुको थप नामावली प्रकाशित गर्दै लगिनेछ ।

नेपाली राजदूतावास, दोहा

२०७७/०२/३०


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा