२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाका कारण संसारमा योगको आवश्यकता महसुस भयो: भारतीय प्रधानमन्त्री

७ असार २०७७, आईतवार ०४:४०

असार ७, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरराष्ट्रिय योग दिवसमा राष्ट्रलाई सम्बोधन गर्दै कोभिड–१९ महामारीका बेला योगले प्रतिरोधी क्षमतालाई बलियो बनाउन महत्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

उनले भने, ‘योग प्रति उत्साह बढिरहेको छ र यो कति व्यापक छ भनेर योगको भिडियोले देखाउँछन् । यो परिवारलाई नजिक बढाउने दिन पनि हो । कोरोना महामारीका कारण संसारमा योगको आवश्यकता पहिलेभन्दा गम्भीरतापूर्वक महसुस भइरहेको छ । यदि हाम्रो प्रतिरोधी क्षमता बलियो भए यसले हाम्रो रोग हराउन निकै मद्दत गर्छ । प्रतिरोधी क्षमता बढाउनका लागि योगका अनेक विधि छन् । ’

‘अनेक प्रकारका आसन छन् जसले हाम्रो शरीरको ताकत बढाउँछ, मेटाबोलिजमलाई बलियो बनाउँछ । कोभिड–१९ विशेषगरी हाम्रो श्वासतन्त्रमा हमला गर्छ । हाम्रो श्वासतन्त्रलाई बलियो बनाउन प्राणायामले अत्यधिक मद्दत गर्छ । यो एक ब्रिथिङ एक्सरसाइज हो । सामान्य रुपमा अनलोम–विलोम, प्राणायाम प्रभावकारी छन् । प्राणायामका अनेक प्रकार छन् ।’

मोदीले व्यायामका साथै प्राणायाम गर्न पनि आग्रह गरेका छन् । मोदीले छैटौं अन्तरराष्ट्रिय योग दिवसको शुभकामना दिँदै यो दिन एकजुटता र सार्वभौमिक भाइचाराको दिन भएको बताएका छन् ।

उनले यो विश्व बन्धुत्वको सन्देश दिने दिन पनि भएको बताएका छन् । स्रोतः बीबीसी, रासस  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो