२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा नीजि अस्पताललाई पनि कोरोना परीक्षण गर्ने अनुमति, शुल्क कति ?

८ असार २०७७, सोमबार ०३:१८

योगेन्द्र योगी | असार ८, दोहा | कतारमा नीजि स्वास्थ्य सस्थाले पनि पीसिआर विधिबाट कोरोना परीक्षण गर्न पाउने भएको छ । कतारको स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै नीजि स्वास्थ्य क्षेत्रलाई आवश्यक मापदण्ड पूरा गरि स्वाव संकलन गरेर हमाद मेडिकल कर्पोरेशन (एचएमसी) प्रयोगशालामा पठाउन पाउने भएको जनाएको छ ।

कोरोना भाइरस महामारीको सामना गर्न र नीजि स्वास्थ्य क्षेत्र संग साझेदारीलाई अझ सुदृढ पार्न नीजि स्वास्थ्य क्षेत्रलाई पनि स्वाव संकलनको अनुमति दिएको मन्त्रालयले जनाएको छ ।

कोरोनाको लक्षण भएका र श्वास फेर्न समस्या भएकाहरुको, भर्ना गर्नुपर्ने बिरामी र सर्जरी गर्नुपर्ने अवस्थाका बिरामी, स्वास्थ्यकर्मी, कोरोना देखिएका बिरामी संगै घुलमिल भएकाहरु, भाइरसको नेगेटिभ सर्टिफिकेट सहित कतार बाहिर जानपर्नेहरुलाई नीजि स्वास्थ्य संस्था मार्फत जाँच गर्न सकिने भएको छ ।

परीक्षण गर्दा नीजि क्लिनिक तथा अस्पतालले ५० रियाल भन्दा बढी शुल्क नलिन बताए पनि वास्तविक  शुल्क कति लाग्ने बारे केही खुलाएको छैन । 

कतारमा कोरोना संक्रमितको संख्या ८७ हजार ३ सय ६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म ६८ हजार ३ सय १९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो