२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा वकीलहरुको हत्या, अन्तर–अफगान वार्ताका लागि खलिलजादको आह्वान

२०७७, ९ असार मंगलवार ०९:४७

असार ९, काबुल (रासस–एएनआई)। अफगान मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि जाल्मे खलिलजादले अफगानी महान्यायाधीवक्ता कार्यालयका वकीलहरुको हत्याको भत्र्सना गर्दै उक्त हत्याकाण्डको छानबिन गर्न आग्रह गर्नु भएको छ । ती वकीलहरु सोमबार गरिएको आतंकवादी आक्रमणमा मारिएका थिए । 

खलिलजादले अफगान कारागारबाट कैदीबन्दी मुक्त गर्ने कार्यमा कागजी प्रक्रियामा संलग्न रहेका महान्यायाधीवक्ता कार्यालयका वकील र टोलीका अन्य सदस्यहरुको हत्या अत्यन्त अमानवीय रहेको बताउँदै अमेरिकी सरकारले उक्त हत्याकाण्डको भत्र्सना गरेको जानकारी दिनुभयो । 

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, “शान्तिका विरोधीहरुले उक्त आक्रमण गरी पाँच जनाको ज्यान लिएका छन् ।” अर्को ट्वीटमा उहाँले अगाडि भन्नुभयो, “यस आक्रमणले एउटै कुरा स्थापित गर्न खोजेको छः देशी विदेशी दुवै तत्वले अफगानिस्तानमा अस्थिरता र शान्ति प्रक्रियामा ढिलाई चाहेका छन् ।”

सोमबार भएको उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । यसैबीच, उहाँले तालिबान र अफगान सरकार दुवैलाई अन्तर–अफगान वार्ताका लागि आवश्यक कदम चाल्न पुनः आह्वान गर्नु भएको छ । 

विशेष प्रतिनिधि खलिलजादले वार्ता मार्फत जतिसक्दो चाँडो विस्तृत शान्ति सम्झौता गर्न र राजनीतिक समाधान निकाल्न आग्रह गर्नु भएको छ । उहाँले भन्नुभएको छ, “यही नै अफगान जनताले चाहेका छन् र हामी उनीहरुको चाहनामा एकमत छौं ।”  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै