२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीनमा वैश्विक महामारी बन्न सक्ने सम्भावना भएको अर्को भाइरस फेला

२०७७, १६ असार मंगलवार ०६:०५

असार १६, काठमाडौं । एजेन्सी। चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’

प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।

अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् । सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो ।

ए/एचवानएनवान पीडीएम०९ नाम दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ । चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ ।

तत्काललाई यसले ठूलो खतरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् । अध्ययनकर्ताहरुले उक्त भाइरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्छ ।

यो भाइरसले सुँगरको उद्योगमा काम गर्ने केही व्यक्तिलाई संक्रमित गरेको पाइएको छ । अहिलेको फ्लुको खोपले यसविरुद्ध काम नगर्ने देखिन्छ ।

बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक किन चाउ चाङ भन्छन्, ‘हाम्रो ध्यान कोरोनाभाइरसमा छ तर यस्तो बेला अन्य सम्भावित खतरनाक भाइरसलाई नजरअन्दाज गर्न हुँदैन । यो भाइरस अहिले खतरा नभए पनि यसलाई बेवास्ता गर्न हुँदैन ।’ स्रोत : बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै