२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा कोरोना भाइरस संक्रमितको सङ्ख्या ६ लाख नाघ्यो

२०७७, १८ असार बिहीबार ०८:०१

असार १८, नयाँदिल्ली। रासस/एएनआई । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या भारतमा छ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट ६ लाख ४ हजार ६४१ जना संक्रमित भएका छन् । 

पछिल्लो २४ घण्टामा मात्रै १९ हजार १४८ जना कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन् । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले २ लाख २६ हजार ९४७ जना अझै पनि संक्रमित अवस्थामै रहेको जनाएको छ । कुल सङ्क्रमितमध्ये ३ लाख ५९ हजार ८६० जना सङ्क्रमणमुक्त भएका मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

गत २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट ४३४ जनाको मृत्यु भएपछि हालसम्म यस भाइरसबाट १७ हजार ८३४ जनाको मृत्यु भएको छ । प्रदेशअनुसार हेर्दा भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्रमा देखिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या १ लाख ८० हजार २९८ पुगेको छ । कोरोना भाइरस संक्रमणको कारण महाराष्ट्रमा ८ हजार ५३ जनाको मृत्यु भएको छ ।  

त्यसैगरी तमिलनाडुमा ९४ हजार ४९ जना संक्रमित भएका छन् । तमिलनाडुमा संक्रमित मध्ये  १ हजार २६४ जनाको मृत्यु भएको छ ।  दिल्ली प्रदेशमा ८९ हजार ८०२ जना संक्रमित भएका छन् । दिल्लीमा यस भाइरसको कारण २ हजार ८०३ जनाको मृत्यु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै