२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असार २८ पछि विदेशबाट उद्धार उडान नहुने, हालसम्म कहाँबाट कति स्वदेश आए ?

२०७७, २५ असार बिहीबार १७:०७

असार २५, काठमाडौँ | जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुने भएको छ । 

असार २८ सम्म नेपाल ल्याइएका नागरिकहरुको व्यवस्थापन कसरी भयो भन्ने बारेमा केन्द्रदेखि स्थानीय तहसम्म समिक्षा गर्नको लागि भन्दै असार २८ पछि उद्धार उडान नहुने बताइएको छ । असर २८ पछि कुनै देशमा उद्धार नगरी नहुने अवस्थाका नागरिकलाई मात्र विशेष अनुमति दिने अन्यथा कुनै पनि अन्तर्राष्ट्रिय चार्टर उडान नगर्ने निर्णय गरिएको छ । असार २८ पछि हालसम्म उद्दार गरि ल्याईएकाहरुको समिक्षा हुने र त्यसपछि उद्दार उडान गर्नुपर्ने आवश्यकता देखिए मात्र सरकारले थप अनुमति दिन सक्ने बताइएको छ । 

जेष्ठ ३२ देखि सरकारले उद्दार उडान सुरु गरे यता नेपाली एयरलाइन्सहरु नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले उद्धार उडानहरु गरेका थिए । 


यो समयमा बिभिन्न देशबाट फ्लाई दुबई, जजिरा एयरवेज, कतार एयरवेज, टर्किस एयरलायन्स आदिले नेपाली यात्रूहरुलाई सेवा दिएका थिए । नेपालीहरुलाई स्वदेश उद्धार उडान गर्ने क्रममा दुई वटा नेपाली वायुसेवा कम्पनीमा १८ जना पाइलट, क्याबिन क्रू लगायत उडानमा संलग्‍न हुने कर्मचारी तथा स्वदेश फिर्ता हुने यात्रूमा समेत कोभिड-१९ संक्रमण देखिएको छ । यसैको समिक्षाको लागि पनि सरकारले तत्काल उद्धार उडान रोकेर समिक्षा गर्न खोजेको बताइएको छ । 

सरकारले जेठ ३२ देखि ६७ उडान तोके पनि उद्दारको क्रममा बुधबारसम्म १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं ल्याइएको छ । यो क्रममा कुवेतबाट सबैभन्दा बढी नेपालीलाई स्वदेश ल्याइएको छ । कुवेतबाट मात्र  ४ हजार ७ सय, यूएईबाट ४ हजार १ सय, साउदी अरेबियाबाट ३ हजार २ सय, कतारबाट २ हजार ७ सय, मेलेसियाबाट २ हजार ४ सय, बहराइनबाट ५ सय गरी कुल २२ वटा देशबाट समस्यामा परेका नेपालीहरुलाई सम्बन्धित देशमा रहेको दुतावासको सहकार्यमा स्वदेश फिर्ता गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै