2026-09-08 10:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विदेशमा अलपत्र युवा ल्याउन वडाले सहयोग गर्ने

साउन २, कास्की | पोखरा महानगरपालिका–१३ ले आर्थिक अभावका कारण विदेशमा अलपत्र परेका युवालाई स्वदेश ल्याउनका लागि सहयोग गर्ने भएको छ । 

कोभिड– १९, का कारण जारी बन्दाबन्दीले विदेशमा रोजगारी गुमाएर आर्थिक समस्या झेलिरहेका र स्वदेश फर्कन नसकेका साथै घरपरिवारको आर्थिक स्थिति कमजोर भएकालाई वडाले समन्वय गरी स्वदेश फर्काउन पहल थालेको वडाध्यक्ष दर्शन लामाले जानकारी दिनुभयो । लामाका अनुसार वडामा करिब तीन हजार ३० घरधुरी छन् ।  करिब दुई हजारको हाराहारीमा वैदेशिक रोजगारमा युवा छन् । लामाले स्वदेश फर्कनेका लागि आर्थिक स्रोत व्यवस्थापन भने महानगरभित्र क्वारेन्टिनमा रहेकालाई ८० रुपैयाँ छाक खाना खुवाएर बचेको रकमलाई परिचालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले क्वारेन्टिनमा बसेका २४७ जनालाई अहिले महानगरले खर्चिदै आएको १३० मा ५० रुँपैया घटाएर ८० रुपैयाँ छाक खाना खुवाएका छौँ, शुरुको १५ दिन हामीले निःशुल्क खुवायौँ, आजसम्म एक लाख ३० हजार बचत भएको छ । यस्तै सङ्कलित रकमलाई अलपत्र युवाको उद्धारमा खर्च गर्नेछौँ ।” उहाँले केही दिनअघि मात्र दुबईबाट नेपाल आउन चाहेका एक युवालाई जहाज टिकटको आधा ३० हजार सहयोग गरेर नेपाल ल्याएको बताउनुभयो । 

वडा नं १३ ले बन्दाबन्दीमा रोजगारी गुमाएका र ज्यालामजदूरी गर्ने परिवारलाई पहिलो चरणमा एक हजार ४४७  र दोस्रो चरणमा एक हजार ९७७ जनालाई राहत वितरण गरेको छ भने करिब १० हजारलाई निःशुल्क खाना खुवाएको लामाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग