2026-09-18 07:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

एनआरएन

साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर

साउन २१, लिमासोल, साइप्रस । साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागलाई सशक्त रूपमा उठाउने उद्देश्यले नागरिक बोलीको पहलमा सञ्चालन भइरहेको “साइप्रसमा नेपाली दूतावास स्थापना गरौँ” प्रत्यक्ष हस्ताक्षर अभियानले उल्लेखनीय जनसमर्थन प्राप्त गर्दै तीव्र गति लिएको छ ।

२०२६ जुन २८ (आइतबार) लिमासोलस्थित Molos Park बाट औपचारिक रूपमा सुरु गरिएको अभियानले अहिले साइप्रसभर व्यापक जनसमर्थन बटुलिरहेको छ । अभियानको पहिलो दिन ३११ जना नेपाली नागरिकले प्रत्यक्ष हस्ताक्षर गर्दै आफ्नो ऐक्यबद्धता जनाएका थिए ।

अभियानको छैटौँ दिनसम्म आइपुग्दा कुल ३,१२५ जना नेपाली नागरिकले प्रत्यक्ष हस्ताक्षरमार्फत साइप्रसमा नेपाली दूतावास स्थापना गर्नुपर्ने मागमा आफ्नो समर्थन जनाइसकेका छन्।

साइप्रसमा हाल करिब १८ देखि २० हजार नेपाली नागरिक रोजगारी, अध्ययन तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध छन्। यति ठूलो नेपाली समुदाय हुँदाहुँदै पनि नेपाली दूतावास नहुँदा राहदानी नवीकरण, कन्सुलर सेवा, कानुनी सहायता, आपत्कालीन उद्धार तथा अन्य अत्यावश्यक सरकारी सेवा प्राप्त गर्न नेपाली नागरिकहरूले लामो समयदेखि विभिन्न कठिनाइ भोग्दै आएका छन्।

अभियानका संयोजक तथा नागरिक बोलीका सञ्चालक राजाराम बस्नेतले भन्नुभयो, “यो मेरो मात्र आवाज होइन। यो मेरो मात्र अपिल पनि होइन। यो साइप्रसमा रहेका १८–२० हजार नेपाली नागरिकको साझा आवाज, साझा आवश्यकता र साझा अपिल हो। नेपाली दूतावास स्थापना हाम्रो आवश्यकता मात्र होइन, हाम्रो अधिकार पनि हो।”

अभियानलाई थप प्रभावकारी बनाउन प्रत्यक्ष हस्ताक्षरसँगै Google Form मार्फत अनलाइन समर्थन संकलन पनि सञ्चालन भइरहेको छ। साथै नेपाली समुदायको बाक्लो उपस्थिति रहेका नेपाली पसल, रेस्टुरेन्ट तथा सार्वजनिक स्थानहरूमा QR Code सहितका पोस्टर राखेर अभियानलाई अझ प्रभावकारी बनाइएको छ।

हालसम्म लिमासोल, पाफोस, लार्नाका र निकोसियामा प्रत्यक्ष हस्ताक्षर अभियान सञ्चालन भइसकेको छ भने आगामी दिनमा पारालिम्नी लगायत अन्य क्षेत्रमा पनि अभियान विस्तार गर्ने तयारी भइरहेको नागरिक बोलीले जनाएको छ।

घरेलु काममा कार्यरत नेपाली दिदीबहिनीहरू अधिकांश आइतबार बिदामा हुने भएकाले पार्क–पार्कमा पुगेर प्रत्यक्ष हस्ताक्षर संकलन गर्ने व्यवस्था मिलाइएको छ। त्यसैगरी होटल, रेस्टुरेन्ट तथा अन्य कार्यस्थलमा कार्यरत नेपालीहरूलाई सहज रूपमा सहभागी गराउन सम्बन्धित कार्यस्थलमै सम्पर्क व्यक्ति (Contact Person) वा समन्वयकर्ता (Coordinator) मार्फत हस्ताक्षर फाराम उपलब्ध गराई हस्ताक्षर संकलन गर्ने कार्य पनि निरन्तर अघि बढाइएको छ।

यस अभियानलाई साइप्रसस्थित विभिन्न नेपाली संघ–संस्था, सामाजिक अभियन्ता, पत्रकार, व्यवसायी तथा समुदायका अगुवाहरूले क्रमशः ऐक्यबद्धता जनाउँदै आएका छन्। विभिन्न संस्थाबाट प्राप्त समर्थनले अभियानलाई थप सशक्त र प्रभावकारी बनाएको आयोजकको विश्वास छ।

नागरिक बोलीले साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई प्रत्यक्ष वा अनलाइन माध्यमबाट हस्ताक्षर गरी अभियानमा सहभागी हुन हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई