२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए कतारद्वारा समस्यामा परेका नेपालीलाई हवाई टिकट सहयोग

२०७७, ७ श्रावण बुधबार ०२:२९

योगेन्द्र योगी | साउन ७, दोहा | एनआरएनए कतारले कोरोना भाइरसका कारणले कतारमा रोजगारी गुमाएर अलपत्र परि नेपाल फर्कन हवाईभाडा जुटाउन नसकेका ४ जना नेपालीलाई हवाई टिकट सहयोग गरेको छ । 

हवाई टिकट खरिद गर्न नसक्ने पीडित नेपाली श्रमिकहरुका लागि कतारस्थित नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपाली  ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने निणर्य अनुसार ४ जनालाई टिकट सहयोग गरिएको एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्री जानकारी दिएका छन् ।  

उनका अनुसार दुबै मिर्गौला फेलभई लामो समय देखि कतारको हस्पिटलमा उपचाररत कपिलवस्तुका अब्दुल मुगिस मु र दार्चुलाका कमान सिंङ महर तथा लामो समय देखि एनसीसीको सेल्टरमा रहेका संखुवासभाका साल बाहदुर कार्की र सप्तरीका रामप्रीत ठाकुरलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको प्रवक्ता  क्षेत्री बताए ।

कोरोना भाइरसको महामारीबाट रोजगारी गुमाएर पैसाकै कारण स्वदेश फर्किन नसकेका तथा गम्भिर स्वास्थ्य समस्या भएकाहरुलाई पहिलो चरणमा स्वदेश फर्काउनको लागि हवाई टिकट उपलब्ध गराइने उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै