२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोना सङ्क्रमणबाट साउदीमा नेपाली पत्रकारको मृत्यु

२०७७, १३ श्रावण मंगलवार ०५:५५

योगेन्द्र योगी | साउन १३, दोहा | कोरोना संक्रमणबाट साउदी अरबमा नेपाली पत्रकारको मृत्यु  भएको छ । कोरोना सङ्क्रमण पुष्टी भएपछि विगत ३५ दिन देखि उपचाररत स्याङ्जाका रोशन श्रेष्ठको मृत्यु भएको एनआरएनए मध्यपूर्व सह संयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार साउदीको दम्मामस्थित सेन्ट्रल हस्पिटलमा उपचाररत ३४ बर्षीय श्रेष्ठको मृत्यु हो । साउदीमा कार्यरत नेपालीहरुको लोकप्रिय अनलाइन एनए मिडियाका म्यानेजिङ डाईरेक्टर समेत रहेका श्रेष्ठ पत्रकारिता अलवा विभिन्न संघसंस्थामा पनि सक्रिय रहेका थिए ।

प्रवासमा रहेका स्याङ्जाका युवाहरुले शुरु गर्न लागेको आँधीखोला कृषि तथा पशुपालन फार्मका सहकोषाध्यक्ष समेत रहेका उनी  स्याङ्जा जिल्लामा कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रको बिकासमा निक्कै  सक्रिय रहदै आएका थिए । 

एनआएनएलगायत साउदी अरबमा क्रियाशील रहेका अन्य नेपाली संघसंस्थाले पनि उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । मृतक श्रेष्ठको नेपालमा श्रीमती, आमा र एक भाई छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै