२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमानबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेले दूतावास निवेदन पेस गर्नुपर्ने (फारम सहित)

२०७७, १६ श्रावण शुक्रबार ०४:३२

योगेन्द्र योगी | साउन १६, दोहा | कोरोनाका कारण ओमानमा रोजगारी गुमाएर अलपत्र परेका नेपाली कामदारहरूलाई विभिन्न निकायहरूसँगको समन्वयमा उद्धार गरी स्वदेश फिर्ता गर्ने कार्य जारी रहेको ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसै सम्बन्धमा समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश फिर्ता हुन सहयोग गर्ने अभिप्रायले नेपाल सरकारले "कोभिड-१९ को विश्वव्यापी सङ्क्रमणको कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली कामदारको उद्धार गरी स्वदशे फिर्ता गर्ने सम्बन्धी निर्देशिका"  जारी गरी नेपाल फिर्ता सम्बन्धी सहयोगका लागि केही मापदण्डहरू तोकेको छ। 

सोही मापदण्डले समेट्ने नेपाली नागरिहरूलाई निर्देशिकामा उल्लेख भएबमोजिम सहयोग दूतावासमार्फत उपलब्ध गराइने जनाएको छ । 

ओमानमा कोरोनाका कारणले बेरोजगार भएका तथा कम्पनीले पनि कुनै किसिमको सहयोग गर्न नसक्ने अवस्थामा भएको र स्वयम् पनि टिकट खरीद गरेर नेपाल फर्कन असमर्थ नेपाली नागरिकहरूले  निवेदन लेखी दूतावासमा पेस गर्न ओमानमा समस्यामा परेका नेपालीहरुलाई दूतावासले अनुरोध गरेको छ ।

उक्त निवेदन दूतावासको इमेल मार्फत पनि पठाउन सकिने छ भने यस सम्बन्धमा थप बुझ्न परेमा कार्यालय समयमा दूतावासका श्रम सहचारी कृष्णा कुमारी गौलीलाई ७१५९२५०६ मा र अन्य समयमा दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै