७ मंसिर २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

भीमफेदी कारागारबाट फरार कैदी पक्राउ

१८ श्रावण २०७७, आईतवार ०८:३५

साउन १८,मकवानपुर । भीमफेदी कारागारबाट केही महिनाअघि फरार भएका कैदी कुलदीपराज धामीलाई प्रहरीले  पक्राउ गरेको छ । पूर्व नवलपरासीको रजहरमा हेटौँडाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । आज पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालयले २५ वर्षीय उनलाई सार्वजनिक गरेको छ । 

धामी चितवन बस्ने २१ वर्षीय रोजीन गुरुङको हत्या गरेको अभियोगमा २० वर्ष जन्मकैद भोगिरहेका थिए । सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने उनी विसं २०७६ कात्तिक ३० गते कारागारबाट भागी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुरबाट चितवन आउँदै गरेको सूचनाका आधारमा निजलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । उनलाई आजै कारागार पठाइने जनाइएको छ ।  रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मंसिर ९ देखि धरहरा सःशुल्क सञ्‍चालनमा आउने ‘१८ महिनापछि देउवा प्रधानमन्त्री, ०८४ सम्म यही समीकरण टिक्छ’ महाकाली सन्धिको नाममा पार्टीलाइ विभाजित गर्ने प्रयास भइरहेको छ: शंकर पोखरेल काठमाडौं सहित देशका विभिन्न स्थानमा ३ जना मृत भेटिए जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन नमिल्ने सभामुखको निर्णय जागरण सभामा ओलीले भने- अमेरिकाको बैंकका आधा सम्पत्ति मेरै हो भन्दिए भो त दुर्गा प्रसाईंले सर्वोच्चमा दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट, आइतबार सुनुवाइ राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच भेटवार्ता एमालेलाई समाप्त पार्न अनेक प्रपञ्च भइरहेका छन् : शंकर पोखरेल स्वास्थ्य सेवा ऐन ल्याउने मन्त्री पौडेलको तयारी एमाले नेताको गुनासो : प्रधानमन्त्री ओ‌लीविरूद्ध भ्रम फैल्याइयो कोटेश्वर क्षेत्रमा दुर्गा प्रसाईं समूहको प्रदर्शन पाकिस्तानमा भएको हमलामा ४३ जनाको मृत्यु सुदूरपश्चिम रोयल्सको आइकनिक खेलाडीमा वसन्त खत्री एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा माओवादीका दुई नेताले कम्बोडिया भ्रमण रद्द एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ आईपीएल १४ मार्चदेखि सुरु हुने नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ: अर्थमन्त्री पौडेल एमालेमा जग्गा दान विवाद : न्यायाधीश चुँडाल र सुवेदीको इजलासमा रिटमाथि सुनुवाइ हुँदै