२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी

२३ श्रावण २०७७, शुक्रबार ०५:०९

साउन २३, काभ्रेपलाञ्चोक । सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानूनबमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएका हुन् ।

कोरोना भाइरसको उच्च जोखिम बढिरहेको अवस्थामा घर बाहिर मास्क नलगाइ हिँड्डुल गर्ने व्यक्तिलाई पनि दण्ड जरिवाना गर्ने केन्द्र तथा पोष्टको बिहीबारको बैठकले निर्णय गरेको छ । साथै जिल्लाभित्र होटल, रेष्टुराँमा सामूहिक भोज–पार्टी, सेमिनार वा सामूहिक भेलाजस्ता कार्य गर्न निषेध गर्ने तथा त्यस्ता गतिविधि गर्ने जोकोहीलाई कारवाही गरिने पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी कडाइकासाथ अनुगमन गर्नेर्छौँ, यदि त्यस्तो पाइएमा तत्काल कारवाहीको सिफारिससमेत गर्नेछौँ ।”

गृह मन्त्रालयबाट जारी सुरक्षा मापदण्ड तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गर्ने केन्द्र र पोष्टले जनाएको छ । हाल काभ्रेपलाञ्चोकमा तेस्रो मुलुकबाट फर्किएका तथा काभ्रेपलाञ्चोकमै मजदुरीमा रही पुष्टि भएका ३२ कोरोना भाइरस सङ्क्रमितमध्ये २७ उपचारपछि निको भएर घर फर्किएका छन् भने पाँच सङ्क्रमित आइसोलेसनमा उपचाररत छन् ।

यसैबीच सरकारले पछिल्ले समय स्थानीय तहका विद्यालयमा व्यवस्थित क्वारेन्टिन हटाउने निर्णय गरे पनि थप जोखिम बढ्दै गएपछि सोही क्वारेन्टिनमा नै सङ्क्रमितलाई राख्ने निर्णय गरिएको छ । काभ्रेपलाञ्चोकका स्थानीय तहमा ९० प्रतिशत क्वारेन्टिन विद्यालयमै व्यवस्थित गरिएको छ । तर तेमाल गाउँपालिकाले भने सम्बन्धित वडा कार्यालयको समन्वयमा क्वारेन्टिन विस्थापन गर्ने जनाउँदै आएको छ । उसले गाउँपालिकामा कार्यरत आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउनेसमेत सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । 

हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा व्यवस्थित ८५१ श्ययाको क्वारेन्टिनमा ९९ पुरुष र १७ महिला बसेका छन् । पोष्टका अनुसार ८५२ पुरुष र १७५ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट ३८२ काभ्रेली घर फर्किएको तथा फर्कने क्रम जारी रहेको पोष्टले जनाएको छ । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य