२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

मेलम्ची शिखरपुरका १५ घर जोखिममा

२३ श्रावण २०७७, शुक्रबार ०६:५५

साउन २३, सिन्धुपाल्चोक । अविरल वर्षाले मेलम्ची नगरपालिका–१० शिखरपुरका १५ घर जोखिममा परेका छन् । स्थानीय राजु दाहाल, भेषलाल दाहाल, सन्तोष दाहाल, पुण्यप्रसाद दाहाल, पम्फा दाहाल, तुलाराम दाहाल, लिलानाथ दाहालको सहित १५ घरधुरी अविरल वर्षाका कारण उच्च जोखिममा परेको हो ।

 स्थानीय सोही ठाउँमै जोखिम मोलेर बसेको स्थानीय राजु दाहालले जानकारी दिनुभयो । उहाँले बस्ती नै उच्च जोखिममा परे पनि स्थानीय तहले कुनै चासो नदिएको भन्दै आवश्यक पहल गरिदिन आग्रह गर्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नगरपालिकासँग सम्पर्क गरेर टेन्ट, पालजस्ता तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउन सकिने बताउनुभयो ।

पहिराले गोठ पुरेपछि  दुहुनो भैँसी सहयोग 

अविरल वर्षाका कारण गए राति आएको पहिराले दुई माउ भैँसीसहित गोरु पुरेपछि पीडितका आफन्तले नै सहयोग जुटाई दुई माउ भैँसी किनेर सहयोग गरेका छन् ।  

यही साउन १८ गतेको वर्षाका कारण मेलम्ची नगरपालिका वडा नं १० काफ्लेखोला निवासी दीर्घबहादुर कार्कीको पहिराले गोठ पुरी गोठ र सम्पूर्ण भैंसी क्षति भएकाले २० जनाले रु पाँच हजारदेखि ३०  हजारसम्म सहयोग सङ्कलन गरी रु दुई  लाख ६५ हजारमा दुई माउ दुुहुनो भैँसी नै खरीद गरी पीडित किसानको गोठमै लगेर बाँधिदिएको सहयोगी प्रकाश अधिकारीले जानकारी दिनुभयो । रासस 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य